शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

आम्दा अस्पताललाई स्वास्थ्य उपकरण सहयोग

बुधबार, १६ भदौ २०७८, ०८ : १६
बुधबार, १६ भदौ २०७८

रुपन्देही सामाजिक सञ्जाल अष्ट्रेलियाले बुटवलको सिद्धार्थ महिला तथा वाल अस्पताल (आम्दा अस्पताल) लाई प्यासन मोनिटर हस्तान्तरण गरेको छ । आईसीयू कक्षमा भर्ना भइ उपचार गरिरहेका बिरामीको उपचारमा यसले सहजता ल्याउने सञ्जालले विश्वास लिएको  जनाएको  छ । 

सञ्जालले ७ लाख ४६ हजार ५० रुपैयाँ बराबरको मोनिटर प्रदान गरेको  कार्यक्रम संयोजक  तथा सञ्जालका  कला साहित्य तथा सांस्कृतिक संयोजक मुक्तिराम पोखरेलले जानकारी दिए । एक कार्यक्रमबीच  सञ्जालका प्रतिनिधि काशीनाथ पोखरेलले अस्पतालका मेसु डा. राजेन्द्र प्रसाद बस्याललाई मोनिटर हस्तान्तरण गरेको आम्दा अस्पतालका प्रशासन प्रमुख ध्रुव श्रेष्ठले जानकारी दिए  ।

सञ्जालका अध्यक्ष ईश्वर पोखरेलले अस्ट्रेलियामा रहेका नेपाली विद्यार्थी, व्यवसायी र कर्मचारीबाट एक–एक रुपैयाँ गरी सङ्कलन गरिएको सहयोग राशिले बिरामीको उपचारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे  ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप