लुम्बिनी प्रदेश सभा बैठक भदौ ३० सम्म स्थगित
लुम्बिनी प्रदेश सभाको भदौ १७ गतेको लागि बोलाएको बैठक स्थगित भएको छ । बैठक भदौ ३० गतेसम्म लागि स्थगित भएको प्रदेश सभा सहप्रवक्ता तथा सूचना अधिकारी विमला पौडेलले बताइन् ।
यसअघि प्रमुख विपक्षी दल एमालेको अवरोधका कारण पटक–पटक स्थगित हुँदै आएको लुम्बिनी प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको हो। भदौ १८ गते नेपाली काँग्रेसको अधिवेशनसमेत रहेकाले र प्रमुख प्रतिपक्ष दल एमालेसँग बैठक चलाउने विषय सहमति नजुटेका कारण स्थगित गर्नुपर्ने हो ।
विपक्षी दल एमालेले आफूहरूको माग सम्बोधन नभएसम्म बैठक अवरुद्ध गर्ने अडान कायम राखेको एमाले लुम्बिनी प्रदेश संसदीय दलका उपनेता बैजनाथ चौधरीले रातोपाटीलाई बताए । नेकपा एमालेले सूर्य चुनाव चिह्न लिएर निर्वाचित तत्कालीन नेकपाकी प्रदेशसभा सदस्य विमला कुमारी खत्री वली र अजय शाहीलाई प्रदेश सभा सदस्यबाट पदमुक्त गर्न माग गर्दै बैठक अवरुद्ध गर्दै आएको त्यो उक्त अडान अझै कायम रहेको चौधरीको भनाइ छ । एमालेका सांसदहरू मुख्यमन्त्री कुलप्रसाद केसी ले विश्वास मत बेला पनि सदनमा उपस्थिति जनाएको थिएन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण