शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

मेसुलाई कालोमोसो दलेको आरोपमा थप एक जना पक्राउ

बुधबार, १६ भदौ २०७८, १८ : १७
बुधबार, १६ भदौ २०७८

दाडको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेडिकल सुपरिटेण्डेण्ट डा. विनोदकुमार सिंहलाई कालोमोसो दल्ने कार्यमा संलग्न रहेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।  
घटना लगत्तै डा.सिंहले दिएको किटानी जाहेरीका आधारमा गणेश खड्कालाई प्रहरीले आज तुलसीपुर क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

गत शुक्रबार बिरामीको कल्चर जाँचका विषयमा नेकपा एमालेको विद्यार्थी संगठन अखिलका संयोजक सर्जन परियारको नेतृत्वमा केही युवाहरुले डा. सिंहलाई कालोमोसो दलेर फरार भएका थिए। सोही घटनालाई लिएर स्वास्थ्यकर्मीहरु आन्दोलित भएका थिए ।

प्रहरीले योजनाकार परियारसहित मोसो दल्ने व्यक्ति दिलिप डाँगी र सहयोगी दिवस क्षेत्रीलाई यसअघि नै पक्राउ गरिसकेको छ ।

घटनामा संलग्न भएका अन्य दुई जना फरार रहेको र खोजी कार्य जारी रहेको दाडका प्रहरी नायब उपरीक्षक मुकुन्द प्रसाद रिजालले जानकारी दिए।

हिजो पक्राउ परेकाहरुलाई जिल्ला प्रशासन कार्यालय दाङबाट ६ दिनको म्याद थप गरेर अनुसन्धान सुरु गएिको छ ।

आरोपितलाई प्रहरीले पक्राउ गर्दै गएपछि अस्पतालका स्वास्थ्यकर्मीहरुले आजबाट आन्दोलन फिर्ता सेवा शुरु गरेका छन् । उनीहरुले अत्यावस्यक सेवा बाहेक अन्य रोकेर आन्दोलन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप