प्रदेश नम्बर २ मा सरकारी सवारीसाधनको व्यापक दुरुपयोग
प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल का जनप्रतिनिधिहरुले सरकारी सवारीसाधनको व्यापकरुपमा दुरुपयोग गरिरहेका छन् । सरकारी नम्बर प्लेटका गाडी आफ्नो पार्टीका नेता कार्यकर्तालाई ओसारपसार गर्नेदेखि विशुद्ध पार्टीका काममा प्रयोग हुँदै आएका छन् ।
महोत्तरीको भंगहा नगरपालिकाका नगर प्रमुख सञ्जीव साहले लोसपा रोजेसँगै बुधबार जनकपुरधाम आएका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेताद्वय राजेन्द्र महतो एवम् शरतसिंह भण्डारीलाई लिन सरकारी गाडीमै पार्टीको झण्डा फहराएर विमानस्थलसम्म पुगेका थिए ।
नगरप्रमुख साहले प्रयोग गर्दै आएको ज.१ झ ४२९ नम्बरको सरकारी नम्बर प्लेटको गाडीमा लोकतान्त्रिक समाजवादी पार्टीको साइकल छाप अङ्कित झण्डा झुन्ड्याएर लोसपा नेपालका वरिष्ठ नेता शरतसिंह भण्डारीलाई विमानस्थलबाट लगेका थिए ।
नेपाल पत्रकार महासंघ धनुषाका उपाध्यक्ष अवधेश कामतले सरकारी सवारीसाधनको यसरी अनियन्त्रितरुपमा दुरुपयोग हुनु जनताको लागि दुर्भाग्य रहेको बताए । उनले यस्ता खाले बेथिति नियन्त्रणका लागि सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराए । उनले नगरप्रमुख साहले सरकारी गाडीमा पार्टीको झण्डा झुन्ड्याएर नेता कार्यकर्ता ओसारपसार गर्ने साधनको रूपमा दुरुपयोग गर्नु अशोभनीय कार्य रहेको टिप्पणी गरे ।

त्यस्तै प्रदेश नम्बर २ का पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री समेत रहेका जसपाका नेता सरोजसिंह कुशवाहाले मंगलबार आफ्नो गृहगाउँमा शक्ति प्रदर्शन गर्दै दर्जनौँ भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा जसपाको झण्डा झुन्ड्याएर गाउँको परिक्रमा गराएका थिए ।
महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ३ स्थित सरपल्लोमा आयोजित एक कार्यक्रममा सहभागी हुनु पूर्व आयोजना गरिएको मोटरसाइकल र्यालीको क्रममा दर्जनौँ सङ्ख्यामा भारतीय नम्बर प्लेटका मोटरसाइकलहरूमा जसपाको छाता अङ्कित झण्डा झुन्डाइएको थियो ।
लामो समय देखि भारतबाट नेपाल प्रवेश गर्ने सिमानाका क्षेत्रहरू बन्द छ । यस्तो अवस्थामा बन्द रहेकोले भारतीय नम्बर प्लेटका गाडीहरू नेपालमा चलाउन पूर्णरुपमा प्रतिबन्ध पनि गरिएको छ । तर पनि निर्वाधरुपमा भारतीय नम्बरका मोटरसाइकल सहितका सवारी साधनहरू निर्वाधरुपमा चलाइएको पाइएको छ ।
पूर्व राज्यमन्त्री सरोजसिंह कुशवाहाले मन्त्रीको पदबाट राजीनामा दिएको एक महिना भन्दा लामो समय बितिसक्दा पनि सरकारी गाडी सहित १८ वटा सामग्रीहरू आफूसँगै लिएर प्रदेश सरकारसँग सम्पर्कविहीन भएका छन् । राजीनामा दिएर घर फिर्ता भएसँगै उनी आफूले प्रयोग गर्दै आएको प्रदेश २–०२ ००१ झ ००६२ नम्बरको गाडी लगायत १८ वटा महत्त्वपूर्ण सामग्रीहरू समेत उनी आफूसँगै लिएर गएका छन् । प्रदेश सरकारले समेत सरकारी सवारीसाधन सहित सामग्रीहरू फिर्ताका लागि कुनै किसिमको कारबाही प्रक्रिया अपनाइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण