खोलाले कार बगायो, ४ जनाको मृत्यु, एकको उद्धार
दाङमा खोलाले कार बगाउँदा ४ जनाको मृत्यु भएको छ । उक्त कार गएराती पौने दश बजे घोराही लमही सडकखण्ड अन्तर्गत पर्ने सिस्नेखाेलाले बगाएको हो ।
नेपालगञ्जबाट घोराही जाँदै गरेकाे प्र ३०१२४ च ४४४० नम्बरको कार सिस्ने खाेला क्रस गर्दै गर्दा खाेलामा आएकाे बाढीले बगाउँदा कार चालक घोराही १५ निवासी वर्ष ४३ को नरबहादुर पुनलाई घटनास्थलदेखि १ किलोमिटर टाढा खाेलामा बगिहेकाे अवस्थामा प्रहरीले फेला पारी उद्दार गरेको थियो । पुनको खुट्टा भाँचिएको छ।
त्यस्तै कारमा सवार घोराही १३ निवासी वर्ष ३२ कि सुशीला श्रेष्ठ र १४ निवासी वर्ष २९ कि राधिका कुँवरको मृत्यु भएको दाङका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
सिस्नेखोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका घोराही १३ बस्ने बर्ष ४० की रितामाया पुन र १४ बस्ने बर्ष ४० कि बिमला केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता तथा डिएसपी मुकुन्द रिजालले बताए ।
बेपत्ता भएकाहरुको शब प्रहरीले आज बिहान ३ बजे घोराही ३ बेलुवास्थित खोलाको किनारमा फेला पारेको उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण