बुटवल–पाल्पा सडकखण्ड २ रात बन्द हुने
बिहीबार, १७ भदौ २०७८, १५ : ११
सिद्धार्थ राजमार्ग अन्तर्गतको बुटवल–पाल्पा सडक खण्ड दुई रात पूर्ण रुपमा बन्द हुने भएको छ । पहिरो हटाउन राती काम गर्नुपर्ने भएकोले दुई रात सडक बन्द गर्न लागिएको हो । अविरल वर्षाका कारण तानसेन नगरपालिका–८ स्थित तल्लो डुम्रेमा गएको पहिरो हटाउन अझै बाँकी रहेकाले राती सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय पाल्पाले जनाएको छ ।
बिहीबार साँझ ७ बजेदेखि शुक्रबार बिहान ६ बजेसम्म र शुक्रबार साँझ ७ बजेदेखि शनिबार बिहान ६ बजेसम्म सडक बन् गरिने जिल्ला प्रशासन कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । सडक बन्दको समयमा एम्बुलेन्स भने चल्न पाउने जनाइएको छ । दुई रातमा पहिरो हटाउन नसकिए समय थप गरेर काम गरिने जिल्ला प्रशासन कार्यालयले जानकारी दिएको छ । सो सडक बुधबारबाट एकतर्फी रुपमा सञ्चालनमा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चौतर्फी आलोचना भएपछि हटाइयो ‘मास्टर्नी’ गीत, प्रियंका र दुर्गेशले मागे माफी
-
१० बजे १० समाचार : संवादहीनता तोड्दै प्रधानमन्त्रीदेखि रास्वपाकै एजेण्डालाई मलजल गर्दै पुराना दलसम्म
-
चलचित्र ‘मास्टर्नी’ को गीत विवाद : प्रियंकाले मागिन् माफी
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
डा. देवेन्द्रराज पाण्डेको ८७ वर्षको उमेरमा निधन
-
दाङमा ७७ प्रतिशत रोपाइँ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण