शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

काठमाडौँबाट अर्घाखाँची जाँदै गरेको हाइस दुर्घटना

शनिबार, १९ भदौ २०७८, ०८ : १०
शनिबार, १९ भदौ २०७८

 

 शनिवार बिहान अर्घाखाँचीको शितगंगा नगरपालिका– ३ बरबोटमा हाइस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भने ११  जना  घाइते भएका छन् । मृत्यु हुनेमा भूमिकास्थान नगरपालिका–९ का अन्दाजी ३२ बर्षीय सञ्जय बिक छन् । 

काठमाडौँबाट अर्घाखाँची आउँदै गरेको बा ३ ख ८६३९ नम्बरको हाइस शितगंगा–३ को बरबोटमा दुर्घटना हुँदा भएको हो ।  अर्घाखाँचीका जिल्ला प्रहरी प्रमुख डिएसपी अम्मर थापा क्षेत्रीका अनुसार  हाइस सडकबाट करिब सय मिटर तल खसेको छ । 

प्रहरीका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । गम्भीर घाइते २ जना र अन्य ३ जना गरी ५ जनालाई उपचारका लागि बुटवल पठाइएको छ । अन्य ६ जनाको अवस्था सामान्य रहेको छ । घटनास्थलमा ठाडा ईलाका प्रहरी कार्यालयको टोली पुगेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप