शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय

बुटवलको पसलमा आगलागी

आइतबार, २० भदौ २०७८, ०८ : ४६
आइतबार, २० भदौ २०७८

 बुटवल । बुटवलको राजमार्ग चौराहामा रहेको पसलमा आगलागी भएको छ । प्रहरी तालिम केन्द्र नजिकै रहेको एक क्याप हाउसमा आगलागी भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

गएराति  किवी मिस्क क्याप हाउसमा भएको आगलागी स्थानीय ५ वटा दमकल सहयोगमा आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय बुटवल डीएसपी मदन कुवरले बताए ।

क्याप हाउससहित सैलुन, वर्कसप, जुत्ता पसल र एउटा ट्राभल एजेन्सीको कार्यालयमा क्षती पुगेको हो । क्पाप हाउस पुर्ण क्षति भएपनि अन्यमा सामान्य क्षति भएको छ ।

सर्ट सर्टिकटको कारणले आगलागी भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । क्षतिको भने विवरण अझै नखुलेको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप