मध्य प्रदेश : गाउँका मुखियालाई गधा चढाएर आर्यघाट पठाइयो
मध्य प्रदेशको रतलाम जिल्लामा पानी नपरेपछि गाउँलेहरू चिन्तित छन् । यहीबीच नामली गाउँका स्थानीयहरुले एउटा अनौठो हर्कत गरेका छन् । उनीहरूले इन्द्र देवलाई मनाउनका लागि गाउँका मुखियालाई गधामा चढाएर आर्यघाट घुमाएका छन् ।
यहाँको परम्पराअनुसार पानी नपर्दा देवी–देवताहरूलाई खुसी पार्नका लागि गाउँका मुखियाले आर्यघाटसम्म गधामा सवारी गर्छन् । त्यसपछि देवी–देवताहरूको पूजा गर्दा राम्रोसँग वर्षा हुन्छ भन्ने जनविश्वास रहिआएको छ ।
यही मान्यताअनुसार यहाँ गाउँका मुखिया आत्माराम पटेललाई गधामा चढाइएको हो । बाजा–गाजासहित उनको सवारी अघि बढाइएको थियो । पुरानो जमानामा पानी नपर्दा गाउँका राजा वा पटेल गधामा बसेर मुक्तिधाम जाने गर्दथे । अहिले गाउँका सरपञ्च वा पटेल नै गाउँका मुखिया हुन्छन् ।
मनसुन सुरु भएदेखि नै यहाँ बादल लाग्ने क्रम जारी छ । तर, पानी मज्जाले परेको छैन । त्यही कारण भटमास खेतीमा क्षति पुग्नसक्ने कृषकहरूको चिन्ता छ । पछिल्ला १५ दिनदेखि राम्रोसँग पानी परेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसलाई दिएको समर्थनबारे अमेरिकाले गर्यो चीनलाई प्रश्न
-
६ हजार अफगानी शरणार्थी स्वदेश फर्किए
-
पक्राउ परेकालाई छुटाउन लागिपरे राप्रपाका नेता, सुन तस्करीको अनुसन्धानमा दीपेश पुन
-
एमालेको अडानले सुदूरपश्चिम सरकार विस्तार अन्योलमा
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
दोस्रो चरणमा उत्तर प्रदेशमा सबैभन्दा कम मतदान, कस्तो छ अन्य राज्यको अवस्था ?