प्रदेश सांसद सोनलले रोजे लोसपा
प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा थप एक प्रदेश सांसदले सनाखत गरेका छन् । पूर्व भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोसपामा सनाखत गरेका हुन् । उनी पूर्व राजपाका संसदीय दलका नेता समेत थिए ।
नेता सोनल लोसपामा सनाखत गरेसँगै प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गर्नेको संख्या १६ पुगेको छ । पार्टी विभाजन अघि जसपासँग ५५ जना सांसद थिए । जसमध्ये १६ जना लोसपामा सनाखत गरेका हुन् भने बाँकी जसपामै रहेका छन् । त्यस्तै सभामुख सरोज कुमार यादवले समेत लोसपामै सनाखत गर्ने जनाइएको छ ।
नवगठित लोसपामा सनाखत गर्ने प्रदेश सांसदहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकी शरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, डा. डिम्पल झा, प्रहलाद गिरी, रानी शर्मा तिवारी, उपेन्द्र महतो, अभिराम शर्मा र जितेन्द्र सोनल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मुलुकभर समस्याग्रस्त बाघको सङ्ख्या १६ पुग्यो, प्रतिबाघका लागि वार्षिक ३५ लाख खर्च
-
विष्णु पौडेललाई सरकारी वकिल कार्यालय लगियो, तस्बिरहरू
-
काठमाडौंमै रेबिजले लियो ज्यान, अस्पतालमा भ्याक्सिनको चरम अभाव
-
व्यवस्थित सहरीकरण र बस्ती विकासमा बागमती सरकारको जोड
-
सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन मुख्यसचिव अर्यालको निर्देशन
-
जलन उपचार सेवा विस्तार : १८ अस्पतालमा विशेष वार्ड सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण