प्रदेश सांसद सोनलले रोजे लोसपा

प्रदेश नम्बर २ मा लोकतान्त्रिक समाजवादी पार्टीमा थप एक प्रदेश सांसदले सनाखत गरेका छन् । पूर्व भौतिक पूर्वाधार तथा विकासमन्त्री जितेन्द्र सोनलले सोमबार प्रदेश निर्वाचन कार्यालय जनकपुर पुगेर लोसपामा सनाखत गरेका हुन् । उनी पूर्व राजपाका संसदीय दलका नेता समेत थिए ।
नेता सोनल लोसपामा सनाखत गरेसँगै प्रदेश २ मा लोसपाको पक्षमा सनाखत गर्नेको संख्या १६ पुगेको छ । पार्टी विभाजन अघि जसपासँग ५५ जना सांसद थिए । जसमध्ये १६ जना लोसपामा सनाखत गरेका हुन् भने बाँकी जसपामै रहेका छन् । त्यस्तै सभामुख सरोज कुमार यादवले समेत लोसपामै सनाखत गर्ने जनाइएको छ ।
नवगठित लोसपामा सनाखत गर्ने प्रदेश सांसदहरुमा परमेश्वर साह, सुरिता साह, जयनुल राइन, बबिता चौधरी, निलम देवी भूमिहारिन, अल्का झा, गौरीनारायाण साह, जानकी शरण साह, रमेशप्रसाद कुर्मी, बाबुलाल साह, डा. डिम्पल झा, प्रहलाद गिरी, रानी शर्मा तिवारी, उपेन्द्र महतो, अभिराम शर्मा र जितेन्द्र सोनल रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवाजुद्दीन सिद्धिकीले किन भने बलिउडलाई चोर ?
-
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
-
प्रदर्शनीमार्गमा राजनीतिक लगायतका प्रदर्शन रोक्न सर्वोच्चले दिएन अन्तरिम आदेश
-
चलचित्र विकास बोर्डको एकसाथ ४ कार्यक्रम सञ्चालन
-
नीति सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित
-
४५० किलोको ग्यास सिलिन्डर आयात गर्नेबारे ग्यास बिक्रेता सङ्घको विरोध