गुल्मीमा एमाले छाडेर नेकपा एकीकृत समाजवादीमा गएनन् कुनै जनप्रतिनिधि
मङ्गलबार, २२ भदौ २०७८, १८ : ४४
गुल्मीमा जनप्रतिनिधिका हिसाबले नेकपा एमाले विभाजनको असर शून्य देखिएको छ ।
एमाले विभाजनपछि दल रोज्न पाउने आज अन्तिम दिन भदौ २२ गते कार्यालय समय अवधिभित्र एक जना पनि जनप्रतिनिधि नेकपा एकीकृत समाजवादी दल रोज्न नआएको जिल्ला निर्वाचन अधिकारी माया कुँवरले रातोपाटीलाई जानकारी दिइन् ।
कुँवरले दिएको विवरण अनुसार गुल्मीका २ नगरपालिका र १० गाउँपालिका सहित १२ वटा पालिकामध्ये ७ वटा पालिका प्रमुखमा एमालेका जनप्रतिनिधि छन् । यस्तै, १० पालिकामा एमालेका उपप्रमुख छन् ।
यस अतिरिक्त वडाध्यक्ष र वडा सदस्यसहित थप ३३० जना जनप्रतिनिधि एमालेबाट निर्वाचित छन् । तीमध्ये एक जना पनि नयाँ दलका पक्षमा सनाखत गर्न नआएको उनले बताइन् ।
जिल्ला समन्वय समितिमा पनि प्रमुख लक्ष्मण पराजुली सहितको पुरै समिति नेकपा एमालेकै छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण