प्रधानसेनापतिको घोषणा : सैनिकका घर बनाउन २५ लाख सहुलियतपूर्ण ऋण
नवनियुक्त प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाका सकल दर्जालाई चार कोठाको घर निर्माणका लागि सैनिक कल्याणकारी कोषबाट २५ लाख ऋण दिने घोषणा गरेका छन् । पदबहाली गरेपछि सकल दर्जालाई पहिलो सम्बोधन गर्र्दै शर्माले १० वर्ष सेवा पुरा गरेका सैनिकलाई त्यस्तो सहुलियतपूर्ण ‘आवास कर्जा’ दिने घोषणा गरेका हुन् ।
‘सेनाका सकल दर्जा अवकाश हुँदा कमसेकम ओत लाग्ने ठाउँको सुनिश्चितता गर्न र घर बनाउन सक्षम हुन भन्ने मेरो चाहना छ’ जंगी अड्डामा आयोजित कार्यक्रममा शर्माले भने– ‘१० वर्ष सेवा गरेका सकल दर्जालाई चारकोठे घर निर्माणका लागि २५ लाखसम्म सहुलियतपूर्ण आवासकर्जा उपलब्ध गराइने छ ।’
अनुशासित पहलतालाई प्रोत्साहन गरिने नीति लिने बताएका शर्माले संगठनलाई सिमित समूहको हितमा उपयोग गर्ने र फौजको मनोबल गिराउने अवाञ्छित गतिविधि क्षम्य नहुने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण अनिश्चितता, अस्थिर र तरल तथा जटिल भएको विश्लेषण गर्दै शर्माले त्यस्तो वातावरणले सेनाको सामु चूनौति देखिएको बताएका छन् । शर्माले भने, ‘यस्तो जटिल परिस्थितिमा समेत संवैधानिक दायित्व पुरा गर्नका लागि सदैव तयार रहनु सेनाको कर्तव्य हो ।’
राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिअनुसार सैनिक रणनीतिको निर्माण गरेर सैनिक मुल ग्रन्थ पुनरावलोकन गरिने शर्माको भनाइ छ । ‘रणनीतिक, अपरेशनल र ट्याक्टिकल तहबीच सामन्जस्यता कायम हुनेगरी ३ जोड एक कमाण्डको सफल कार्यान्वयन गरिँदै लगिनेछ’ प्रधान सेनापति शर्माले भने–‘सामूहिक भावना अनुरुप कार्य गर्नैपर्छ, सामूहिकतालाई विशेष प्राथमिकतामा राखिएको छ ।’
प्रधानसेनापतिमा नियुक्त हुँदा आफुलाई जिम्मेवारीबोध भएको बताएका शर्माले राष्ट्रिय गौरवको आयोजना द्रुतमार्गलाई निर्धारित समयमा पुरा गर्न विशेष पहल गरिने बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
-
बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु
-
यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा
-
राजेश ढुंगानाको 'मुटु फलाम भएर' लोकार्पण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण