वेभ सिरिजमार्फत डिनो मोरियाको कमब्याक
अभिनेता डिनो मोरियाले वेव सिरिज ‘द एम्पायर’ मार्फत एकपटक फेरि आफ्नो अभिनयको जादु देखाएका छन् । यो वेब शोलाई दर्शकहरुबाट राम्रो प्रतिक्रिया मिलेको छ ।
२०१० मा प्रदर्शनमा आएको फिल्म ‘प्यार इम्पोसिबल’ पछि राम्रो अफर पाउन डिनोले धेरै कुर्नुप¥यो । २०१७ मा बनेको मलायालम फिल्म ‘सोलो’ मा उनी लिड रोलमा देखिएका थिए । अघिल्लो वर्ष उनले धेरै डिजिटल प्रोजेक्टस्हरुमा काम गरे, जसमा मेन्टलहुड, होस्टेज र तान्डव समावेश छन् ।
तर, द एम्पायरमा निभाएको खलपात्रको भूमिकाले भने उनलाई निकै चर्चामा तानेको छ । फिल्मबाट लामो ब्रेक लिनुको कारणबारे डिनोले भने, ‘मलाई राम्रा अफरहरु मिलेका थिएनन् ।
ती फिल्महरु गर्नुको अर्थ आफ्नो चिहान खन्नु हो भन्ने मलाई थाहा थियो,’ उनले भने,‘यदी ती फिल्महरु खेलेको भए उद्योगले मलाई धिक्कार्ने थियो । मानिसहरुले कस्तो बकवास काम गरेको भन्ने थिए ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक शोक र विश्वकपको मैदान : क्यानडाका नयाँ नायक स्टिफन युस्टाकियो
-
आज १ अर्बको दही कारोबार हुने, देशभर ७५ लाख लिटर खपतको अनुमान
-
अमेरिका र इरानबिच पुनः तनाव बढ्दा कच्चा तेलको मूल्य बढ्यो
-
खुमल्टारमा रोपाइँ महोत्सव, तस्बिरमा हेर्नुहोस्
-
‘करारखेती प्रवर्द्धन कार्यक्रम’बाट कृषकलाई राहत
-
खाद्य सुरक्षा र किसानको हितका लागि जलवायुमैत्री प्रविधिमा जोड दिनुपर्छ: गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण