शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

सोमबार, २८ भदौ २०७८, १० : २५
सोमबार, २८ भदौ २०७८

नेपालमा आज (सोमबार) अमेरिकी डलरको खरिद दर ११७.३१ र बिक्रीदर ११७.९१ रुपैयाँ तोकिएको छ ।  नेपाल राष्ट्र बैंकका अनुसार यूरोपेली मुद्रा यूरोको विनियम दर भने घटेको छ । आज यूरोको खरिददर १३८.६० र बिक्रीदर १३९.३१ रुपैयाँ निर्धारण भएको छ । यो मुद्राको खरिद दर र बिक्री दर हिजोको तुलनामा २४ पैसाले घटेको हो ।

बेलायती पाउण्डको खरिद दर १६२.३७ र बिक्री दर १६३.२० रुपैयाँ तोकिएको छ । यस्तै, अष्ट्रेलियन डलरको खरिद दर ८६.२९ र बिक्री दर ८७.७३ रुपैयाँ कायम भएको छ ।  एसियन मुलुकतर्फ सिंगापुर डलरको खरिद दर ८७.४४ र बिक्री दर ८७.८७ रुपैयाँ तथा १० जापानी येनको खरिद दर १०.६७ बिक्री दर १०.७३ रुपैयाँ तोकिएको छ । 

यस्तै, साउदी अरेबियन रियालको खरिद दर ३१.२८ रुपैयाँ तथा बिक्री दर ३१.४४ रुपैयाँ कायम भएको केन्द्रीय बैंकले जनाएको छ । यस्तै, कतारी रियालको खरिद दर ३२.२१ र बिक्री दर ३२.३८ रुपैयाँ, संयुक्त अरब इमिरेट्स दिरामको खरिद दर ३१.९४ र बिक्री दर ३२.१० रुपैयाँ तथा मलेसियन रिंगेटको खरिद दर २८.३६ र बिक्री दर २८.५० रुपैयाँ तोकिएको छ ।

यसैगरी, १०० कोरियन वनको खरिद दर १०.०२ रुपैयाँ र बिक्री दर १०.०७ रुपैयाँ, हङकङ डलरको खरिद दर १५.०८ रुपैयाँ तोकिँदा बिक्री दर १५.१६ रुपैयाँ तोकिएको बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप