जनताको आर्थिक समृद्धि भए मात्र प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धि भएमात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । वीरेन्द्रनगरमा शुरु भएको दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम २०७८ को समुद्घाटन गर्दै मुख्यमन्त्री शाहीले जनताको आर्थिक समृद्धि भएमात्र कर्णालीको समग्र विकास हुने बताएका हुन्।
मुख्यमन्त्री शाहीले कर्णालीवासीलाई आर्थिक रुपमा सम्पन्न बनाइ आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम, सडक,सिञ्चाई, स्वास्थ्य, शिक्षा लगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएको बताए । जनताको आर्थिक उत्पादन बृद्धि गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम सञ्चालन गरेको समेत उनले दावी गरे ।
कर्णाली प्रदेशको समग्र विकासका लागि सरकारले दिगो विकास लक्ष्यलाई प्रथामिकता दिएको जानकारी दिँदै शाहीले प्रदेशको विकासमा योगदान पुर्‍याउन आम नागरिकहरुले उत्पादन र श्रममा विश्वास गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । जनताको आर्थिक समृद्धि नभए प्रदेशको समग्र विकास नहुने भन्दै शाहीले उत्पादन र श्रममा विश्वास गर्ने जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेश योजना आयोगको आयोजनामा तथा संयुक्त राष्ट्रसंघ नेपालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रम उक्त कार्यक्रम सात दिनसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीटीईभीटीको उपाध्यक्ष र सदस्य सचिवमा दरखास्त आह्वान
-
भृकुटीमण्डपमा ‘फिन इलेक्ट्रो–टेक २०२६’ सुरु, अर्थमन्त्रीले गरे उद्घाटन
-
गृहले सच्यायो एसएसपी सरुवा, उपत्यका ट्राफिकमा काफ्ले
-
सम्बन्ध विच्छेदको मुद्दामा ‘किस इमोजी’ को चर्चा : लद्दाख उच्च अदालतद्वारा महिलाको निवेदन खारेज
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण