जनताको आर्थिक समृद्धि भए मात्र प्रदेशको विकास सम्भव छ : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले जनताको आर्थिक समृद्धि भएमात्र कर्णालीको समग्र विकास हुने बताएका छन् । वीरेन्द्रनगरमा शुरु भएको दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम २०७८ को समुद्घाटन गर्दै मुख्यमन्त्री शाहीले जनताको आर्थिक समृद्धि भएमात्र कर्णालीको समग्र विकास हुने बताएका हुन्।
मुख्यमन्त्री शाहीले कर्णालीवासीलाई आर्थिक रुपमा सम्पन्न बनाइ आत्मनिर्भर बनाउन विभिन्न लक्षित वर्ग विशेष कार्यक्रम, सडक,सिञ्चाई, स्वास्थ्य, शिक्षा लगायतका महत्वपूर्ण क्षेत्रमा जोड दिएको बताए । जनताको आर्थिक उत्पादन बृद्धि गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम सञ्चालन गरेको समेत उनले दावी गरे ।
कर्णाली प्रदेशको समग्र विकासका लागि सरकारले दिगो विकास लक्ष्यलाई प्रथामिकता दिएको जानकारी दिँदै शाहीले प्रदेशको विकासमा योगदान पुर्‍याउन आम नागरिकहरुले उत्पादन र श्रममा विश्वास गरेर अघि बढ्नुपर्ने धारणा व्यक्त गरे । जनताको आर्थिक समृद्धि नभए प्रदेशको समग्र विकास नहुने भन्दै शाहीले उत्पादन र श्रममा विश्वास गर्ने जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिए । कर्णाली प्रदेश योजना आयोगको आयोजनामा तथा संयुक्त राष्ट्रसंघ नेपालको प्राविधिक सहयोगमा आयोजित कार्यक्रम उक्त कार्यक्रम सात दिनसम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्यास नगरपालिकामा पुनः मतगणना गर्न अदालतको आदेश, जोशीले जिते मुद्दा
-
नीति तथा कार्यक्रममा शिक्षा : शिक्षकलाई मासिक तलबसहित के–के विषय समेटिए ?
-
९० दिनभित्र नतिजा निकाल्न त्रिविका प्राध्यापक संगठनहरूकाे माग
-
आजपाको मागबारे सरकारको चासो, भन्सार विभागमा भएको छलफल सकारात्मक
-
प्रहरीमा ६४ जना सईलाई वरिष्ठ सईमा बढुवा गर्न सिफारिस
-
बेइजिङ भ्रमण गर्दै पुटिन