नेकपा समाजवादीले गठन गर्यो लुम्बिनी प्रदेश कमिटी, अध्यक्ष मेटमणि
नेकपा एकीकृत समाजवादी पार्टीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको छ । शुक्रबार बुटवलमा सम्पन्न सो पार्टीको प्रथम भेलाले मेटमणि चौधरीको नेतृत्वमा नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेश कमिटी गठन गरेको रुपन्देहीका अध्यक्ष तथा नवगठित प्रदेश कमिटीका सचिव राजु गुरुङ्गले जानकारी दिए ।
हाललाई १ सय ५१ सदस्यीय प्रदेश कमिटी गठन गरेका छौं , यस प्रदेशका १२ वटै जिल्ला कमिटीहरु पनि गठन भई सकेका छन् गुरुङले भने भेलाले प्रदेशका सबै जिल्लाहरुमा भेला र संगठन बिस्तार गर्ने निर्णय गरेको छ ।
भेलालाई सम्वोधन गर्दै नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीले नेकपा एमालेमा विद्रोह सुरु भएको र अहिले सलाईको एउटा काँटी मात्रै सल्कीएको तर भोलीका दिनमा विद्रोहको ज्वाला दन्कँदै केपी ओली नेतृत्वको एमाले धरासायी हुने दावी गरेकी थिइन् ।
कार्यक्रममा नेताहरू विजय पौडेल, सोमप्रसाद पाण्डे, मेटमणि चौधरी र राजु गुरुङ लगायतले बोल्दै पार्टी अभियानलाई तीव्र रूपमा अघि बढाउने बताएका थिए ।
लुम्बिनी प्रदेशका १२ वटा जिल्ला मध्ये गुल्मी जिल्ला सो पार्टीको कमजोरी जिल्ला देखिएको थियो । तर हिजो केपी ओली समूहबाटै विद्रोह गरेर आएका तत्कालिन युवा संघका केन्द्रिय सदस्य हिमाल थापा इन्चार्ज र रेसुङ्गा बहुमुखी क्याम्पसका स्ववियु सभापति श्रीराम महत अध्यक्ष रहने गरि गुल्मी जिल्ला कमिटी गठन गरिएको छ । गुल्मी कै गणेश खनाल प्रदेश कमिटी सदस्यमा चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण