सानिमा बैङ्कले सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश दिने
बुधबार, ०६ असोज २०७८, १९ : १८
सानिमा बैङ्कले आफ्ना सेयरधनीलाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । बुधबार बसेको बैङ्कको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट चुक्ता पुँजीको १७ प्रतिशत बोनस सेयर र ०.८९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैङ्कको स्वीकृति र बैङ्कको आगामी साधारणसभाले पारित गरेपछि सेयर धनीहरूले पाउनेछन् । गत आवको असार मसान्तसम्म बैङ्कले १ अर्ब ६५ करोड ९७ लाख रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको थियो । हाल बैङ्कको चुक्तापुँजी ९ अर्ब ६८ करोड रुपैयाँ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आईपीएलमा पन्जाब किंग्सविरुद्ध बेंग्लुरुको फराकिलो जित
-
रामेछापको चार हजार पाँच सय हेक्टर वन सखाप
-
आज अक्षय तृतीया, सातु र सर्वत खाएर मनाइँदै
-
नेसपाले ‘केन्द्रीय नेतृत्व सवलीकरण वैचारिक अभिमुखीकरण कार्यक्रम’ गर्ने
-
निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको रिटमा आज पेशी
-
कांग्रेस संसदीय दलको बैठक बस्दै