सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

आइसक्रिम खाने बित्तिकै खानु हुँदैन यी चिज

बिहीबार, २७ वैशाख २०८१, १६ : १०
बिहीबार, २७ वैशाख २०८१

काठमाडौँ । गर्मीको बेला छ । के खाँदा जिउलाई शीतल होला, के गर्दा शीतल हुन्छ भनेर हामी शीतल गराउने अनेकौँ खानेकुरा खान्छौँ, नुहाउँछौँ । 

आइसक्रिम बच्चादेखि बुढाबुढीसम्म सबैलाई मन पर्छ । आ–आफूलाई मन पर्ने स्वादको आइसक्रिम  रमाइ–रमाइ खान्छन् । तर आइसक्रिम खाने बित्तिकै खान नहुने केही चिज छन् । के तपाईँलाई ती खानेकुराबारे थाहा छ ?

आइसक्रिम खाने बित्तिकै चिया, सुप आदि गर्मी गराउने चिज खानु हुन्न । यसो गर्दा घाँटी दुख्ने, पेट दुख्ने, घाटी खस्सखाउने जस्ता समस्याहरू आउन सक्छन् । आइसक्रिम खाने बित्तिकै अमला लगायत अमिलो फल पनि खानु हुँदैन । आइसक्रिम खाने बित्तिकै खान नहुने अर्को खाद्य वस्तु मसालेदार खानेकुरा पनि हो । यसका कारण पेट पोल्ने, अपच, पातलो दिसा लाग्ने जस्ता समस्या निम्तिन सक्छन् ।

आइसक्रिम खानासाथ रक्सी पनि पिउनु हुन्न । रक्सी पिउँदा आइसक्रिममा भएको दूधको पाचन प्रक्रिया सुस्त हुन्छ । जसका कारण पेटमा गडबडी हुन्छ । बान्ता आउने, पातलो दिसा लाग्ने समस्याहरू पनि आउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप