अनेरास्ववियु (क्रान्तिकारी)गुल्मीको अध्यक्षमा केसी
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ( क्रान्तिकारी ) गुल्मी जिल्लाको १८ औं जिल्ला सम्मेलन बुधबार सम्पन्न भएको छ । सम्मेलनले राजन केसीलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ । उपाध्यक्षमा रमेश पाण्डे र वालेन श्रेष्ठ निर्वाचित भएका छन् । सचिवमा किसन पाण्डे , सह–सचिव विनु कार्की र कोषाध्यक्षमा हुमाकान्त पोखरेल निर्वाचित भएका छन् ।
पदाधिकारीसहित ५१ सदस्यीय जिल्ला कमिटी गठन भएको नवनिर्वाचित अध्यक्ष केसीले जानकारी दिए । सम्मेलनको नेकपा माओवादी केन्द्र प्रदेश कमिटी कार्यालय सचिव तथा पूर्वमन्त्री सुदर्शन बरालले उद्घाटन गरेका थिए ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै प्रमुख अतिथि बरालले अनेरास्ववियु क्रान्तिकारी अरु संगठन भन्दा फरक भएको र समग्र विद्यार्थीहरुको हक हितका पक्षमा मियो बन्नुपर्ने कुरामा जोड दिए ।
कार्यक्रममा सो पार्टीका गुल्मी जिल्ला संयोजक वीरबहादुर कार्की, संगठन विभाग प्रमुख बुद्धि जिसी, प्रदेश कमिटी सदस्यहरु युवराज केसी, भुपाल पोखरेल, अनेमसंघ क्रान्तिकारीकी जिल्ला संयोजक विनिता पोखरेल, अनेरास्ववियु (क्रान्तिकारी) का केन्द्रीय सदस्य घनश्याम खरेल, प्रेस संगठनका जिल्ला संयोजक त्रिलोचन पाण्डे लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण