गुल्मीमा एकै घरका ३ जनाको मृत्यु भएको घटनाप्रति मुख्यमन्त्री केसीद्वारा शोक
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री कुलप्रसाद केसीले गुल्मीको रेसुङ्गा नगरपालिका ८ थुम्कामा प्राकृतिक विपत्तिमा परेर जीवन गुमाएका मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै प्रदेश सरकारले राहत प्रदान गरिने बताएका छन् । उनले आज शोक वक्तव्य जारी गर्दै प्राकृतिक विपत्तिले लुम्बिनी प्रदेशलाई निकै क्षति पु–याएको बताएका हुन् ।
२०७८ साल असोज ५ गते परेको अविरल वर्षाका कारणले गुल्मीको रेसुङ्गा नगरपालिका थुम्का ८ टोलमा गएको पहिरोबाट नगरपालिका ८ थुम्का टोल निवासी तिलक परियारको २१ वर्षीय छोरी भावना परियार, १४ वर्षीया जुम्ल्याहा छोरी गङ्गा र जमुना परियारको मृत्यु भएको थियो । मुख्यमन्त्री केसीले जारी प्रेस विज्ञप्तिमा भनिएको छ– 'प्रदेश सरकारले यो दुखद् घटनामा परि जीवन गुमाएका मृतक, भएको क्षतिपूर्तिको विषयमा सम्बन्धित निकायको राय परामर्श गरी राहत प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा हुने प्राकृतिक विपत्तिहरूलाई पनि सामूहिक रूपमा सहकार्य गरी सामना गर्नका लागि अपिल गर्दछु ।'
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
-
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ९ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
