शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पहिरोमा एकै परिवारका तीन दिदी बहिनीको मृत्यु

बुधबार, ०६ असोज २०७८, ०९ : २९
बुधबार, ०६ असोज २०७८

गुल्मीमा गए राति अविरल वर्षासँगै आएको पहिरोले घर पुरिँदा एकै परिवारका तीन जना दिदी बहिनीको ज्यान गएको छ ।  जिल्लाको रेसुङ्गा नगरपालिका–८ थुम्का टोलका  तिलक परियारकी जेठी छोरी २१ वर्षीया भावना परियार, उनका १४ वर्षीया जुम्ल्याहा दुई बहिनी गङ्गा र जमुना सहित तीन बहिनीको ज्यान गएको हो । अर्की माइलीलाई छोरीलाई भने सुतिरहेको कोठाबाट बचाउन सफल भएको छिमेकीले बताए  । 

'मुस्किलले एउटी छोरी र बाबु आमालाई बचाउन सफल भयौँ,' छिमेकीहरूले भने, 'तत्काल गुहार दिने कोही भएन । केही बेर पछि नजिकै रहेको नेपाल प्रहरी नेपाली सेना लगायत आएर शवहरू निकालेका थिए ।'  गङ्गा जमुना दुई बहिनीहरू महेन्द्र नमुना मावि कक्षा ८ मा पढ्ने विद्यार्थी भएको त्यस विद्यालयका शिक्षक रोम विश्वकर्माले जानकारी दिए । जेठी छोरी विवाहित हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी पुरुषोत्तम प्रसाद पाण्डेले गए राति नेपाली सेना र प्रहरीको संयुक्त टोलीले शव निकालेर परिवार र छिमेकीहरूलाई त्यहाँबाट सुरक्षित स्थानमा सारेको बताए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप