दाङमा १२ जुवाडे पक्राउ
दाङमा जुवा खेलिरहेको अवस्थामा १२ जनालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १४ पुरानो बसपार्क स्वर्गद्वारी टोलमा रहेको परसरा नास्ता तथा खाजा घरबाट जुवा खेलिरहेको अवस्था नगदसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता मुकुन्द रिजालका अनुसार पक्राउ पर्नेमा जिल्ला रोल्पा रुन्टीगढी गाउँपालिका ९ निवासी ३९ वर्षीय बालाराम बाठा, सोही गाउँपालिका १ निवासी ३२ वर्षीय नोखलाल गिरी, सोही ठाउँ निवासी २९ वर्षीय नारायण वली, वडा नं. ५ निवासी २० वर्षीय विराज कंवर, वडा नं. ९ निवासी ३३ वर्षीय जोदबहादुर कंवर, ३७ वर्षीय पूर्ण बहादुर कंवर, वडा नं. १ निवासी ३१ वर्षीय गजेभान वली, ४३ वर्षीय कोच बहादुर वली रहेका छन् ।
यस्तै वडा नं. ९ निवासी ५५ वर्षीय परसरा भण्डारी, वडा नं. २ निवासी ५७ वर्षीय बल बहादुर बुढा, २१ वर्षीय सुरेश कंवर र वडा नंं. ९ निवासी दुर्गा बहादुर कंवर पक्राउ परेका छन् ।प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण