सिंहदरबारमा काँग्रेस पदाधिकारी बैठक
नेपाली काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक सिंहदरबारमा चलिरहेको छ । शुक्रबार विहान साढे १० बजेबाट सिंहदरबारस्थित काँग्रेस संसदीय दल कार्यालयमा बैठक बसिरहेको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले रातोपाटीलाई जानकारी दिए ।उनका अनुसार पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल चलिरहेको छ ।
बिहीबार साँझ बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठकले असोज १८ गतेभित्र २१ जिल्लाको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको थियो । निर्वाचन समितिका सदस्य एगराज पोखरेलका अनुसार वडा अधिवेशन सकिएका ६४ जिल्लामा ९ असोजमै पालिका तहको अधिवेशन सुरु हुनेछ ।
दसैँपछि हिमाली जिल्लामा चिसो बढ्ने भएकाले असोज १८ भित्रै २१ जिल्लामा अधिवेशन सम्पन्न गरिने भएको छ । ५६ जिल्लामा प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन दसैँ र तिहारको बीचमा गर्ने काँग्रेसको तयारी छ । १२ असोजमा प्रदेशसभा क्षेत्र, १५ असोजमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा एकमात्र क्षेत्र भएका जिल्लाको अधिवेशन र १८ असोजमा दुई वा सोभन्दा बढी क्षेत्र भएका जिल्लाको अधिवेशन गर्ने कार्यतालिका छ । ५६ जिल्लामा उक्त तालिकाअनुसार अधिवेशन नहुने भएको छ ।
यस्तै प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म तय गरिएको छ । अब प्रदेश अधिवेशन र महाधिवेशनको कार्यतालिका पनि परिर्वतन हुने भएको छ । बिहीबारको बैठकमा महाधिवेशन सन्दर्भमा महामन्त्री पूर्णबहादुर खड्काले प्रस्ताव राखेका थिए । अहिले उक्त विषयमाथि छलफल भइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
-
मेरो फेवरेट देशले विश्वकप खेलेकै छैन – प्रधानमन्त्री
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण