नागार्जुनको फिल्ममा काजलको सट्टामा ज्याकलिन, काजल गर्भवती भएको चर्चा
शनिबार, ०९ असोज २०७८, ०७ : ३२
बलिउड तथा साउथ फिल्मकी अभिनेत्री काजल अग्रवालले नागार्जुनको फिल्म ‘द घोस्ट’ मा काम नगर्ने भएकी छन् । फिल्ममा काजलको सट्टामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले काम गर्ने भएकी छन् ।
काजलले गत वर्ष अक्टोबरमा व्यवसायी गौतम किचलूसँग विवाह गरेकी हुन् । उनी सामाजिक सञ्जालमा सधैं चर्चामा रहन्छिन् । उनले विवाहपछिका दिनहरू पतिसँग रमाइलो गरेर बिताउँदै आएकी छन् ।
पछिल्लो केही समययता काजल गर्भवती भएको चर्चा चल्न थालेको छ । नागार्जुनको फिल्ममा काजलले काम नगर्ने भएपछि उनी गर्भवती भएको आशंका झन् बढेको छ । उनी गर्भवती भए नभएको काजलले बताएकी छैनन् । उनी पछिल्लो समय काम गरिरहेको प्रोजेक्ट पनि छिट्टै सकाउने योजनामा छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण