शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कति छ आज विदेशी मुद्राको विनियम दर ?

आइतबार, १० असोज २०७८, १० : ४२
आइतबार, १० असोज २०७८

नेपाल राष्ट्र बैंकले आज एक अमेरिकी डलरको बिक्री मूल्य ११८.२२ रुपैयाँ र खरिद मूल्य ११७.६२ रुपैयाँ तोकेको छ । केन्द्रीय बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोक्दै अमेरिकी डलरको दर उक्त मूल्यमा कायम भएको बताएको हो ।

यससँगै, आज एक यूरोको बिक्री १३८.७२ र खरिद १३८.०२ रुपैयाँ तथा पाउण्डको बिक्री १६१.९७ र खरिद १६१.१५ रुपैयाँ कायम भएको बताएको छ । यसका साथै, आजका लागि स्वीस फ्र्यांकको बिक्री मूल्य १२७.४४ र खरिद मूल्य १२८.०९ रुपैयाँ तोकिएको छ ।

यसैगरी, अष्ट्रेलियन डलरको बिक्री ८५.८८ र खरिद ८५.४५ र क्यानडियन डलरको बिक्री ९३.१६ र खरिद ९२.६९ रुपैयाँ तोकिएको छ ।  यता एसियन मुलुकतर्फ सिंगापुर डलरको बिक्री दर ८७.४८ र खरिद दर ८७.०४ तथा जापानी १० येनको बिक्री १०.७१ र खरिद १०.६५ रुपैयाँ कायम छ । यसका साथै, चिनियाँ युआनको बिक्री १८.२९ र खरिद १८.२० रुपैयाँ कायम हुँदा साउदी रियालको बिक्री ३१.५२ र खरिद ३१.३६ रुपैयाँ तोकिएको छ ।

कतारी रियालको बिक्री ३२.१७ रुपैयाँमा र खरिद ३१.०१ रुपैयाँमा हुँदा संयुक्त अरब इमिरेट्सको दिरामको बिक्री ३२.१८ र खरिद ३२.०२ रुपैयाँ तथा मलेसियन रिंगटको बिक्री २८.२२ र खरिद २८.०८ रुपैयाँ तोकिएको केन्द्रीय बैंकले उल्लेख गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप