काँग्रेस अधिवेशन : अर्घाखाँचीमा देउवा पक्ष पराजित
नेपाली काँग्रेसको पालिका अधिवेशनअन्तर्गत अर्घाखाँचीमा देउवा पक्ष पराजित भएको छ । जिल्लाका ६ वटा पालिकामध्ये ५ वटा पालिकामा सम्पन्न अधिवेशनमा ५ वटैमा देउवा पक्षका उम्मेदवार पराजित भएका हुन् ।पालिकाका नवनिर्वाचित सभापतिमध्ये चार वटा पालिकामा रामचन्द्र पौडेल पक्षको प्यानल विजयी भएका छन् भने पाणेनी गाउँपालिकाको सभापतिमा निर्विरोध निर्वाचित तुल्सी पौड्यालले भने आफू कुनै पनि समूहमा नभएको प्रतिक्रिया जनाएका छन् ।
अधिवेशन सम्पन्न भएका ५ पालिकामध्ये सन्धिखर्क नगरपालिका र भूमिकास्थान नगरपालिकामा शनिबार साँझ मतदान सकिएको थियो । मालारानी गाउँपालिका, पाणेनी र छत्रदेव गाउँपालिकामा भने सर्वसमत रुपमा नेतृत्व चयन भएको थियो ।सन्धिखर्क नगरपालिकाको सभापतिमा बाबुराम भुसाल, भूमिकास्थान नगरपालिकाको सभापतिमा खडानन्द बेल्वासे, छत्रदेव गाउँपालिकामा प्रकाशराज पन्थी र मालारानी गाउँपालिकामा शोभाखर खनाल निर्वाचित भएका छन् । उनीहरु पौडेल समूहका हुन् ।
सन्धिखर्कको नगर सभापतिमा लिलाधर बस्याललाई ३० मतले पराजित गर्दै बाबुराम भुसाल निर्वाचित भए भने भूमिकास्थानको सभापतिमा निकटतम प्रतिद्वन्द्वी खिमकुमार श्रेठलाई २७ मतले पराजित गर्दै खडानन्द बेल्वासे निर्वाचित भएका थिए ।सन्धिखर्कमा निर्वाचित भुसालले १५५ मत पाएका थिए भने भूमिकास्थानमा निर्वाचित भएका बेल्वासेले १०३ मत प्राप्त गरे ।
शितगंगा नगर सभापतिका लागि भने आइतबार निर्वाचन भइरहेको छ । शितगंगामा देउवा पक्षबाट मोहन पन्थी र पौडेल पक्षबाट मोती बेल्वासे चुनावी मैदानमा छन् । अर्घाखाँची जिल्ला काँग्रेसका केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल र मानबहादुर विकको गृह जिल्ला हो ।
पत्रकारहरु पनि क्षेत्रीय प्रतिनिधि
काँग्रेसको क्षेत्रीय प्रतिनिधिमा पत्रकारहरु पनि उल्लेख्य संख्यामा चुनिएका छन् । अर्घाखाँचीको काँग्रेस क्षेत्रीय प्रतिनिधिमा बुटवलबाट सञ्चालित राज्य टेलिभिजनका कार्यकारी निर्देशक विष्णु भुसाल, सन्धिखर्कस्थित रेडियो देउरालीका स्टेशन म्यानेजर सुर्यप्रसाद भुसाल सर्वसम्मत चयन भएका छन् ।
क्षेत्रीय प्रतिनिधि मै अन्नपूर्ण दैनिक र उज्यालो नेटवर्कका संवाददाता प्रेमनारायण आचार्य, रेडियो नेपालका संवाददाता नेत्रप्रसाद मरासिनी, लुम्बिनी आवाज अनलाइनका हलिन खान पनि चयन भएका छन् । नागरिक दैनिकका संवाददाता लक्ष्मण घिमिरे भूमिकास्थान नगरपालिका वडा ९ को वडा सचिवमा सर्वसम्मत चयन भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण