मानव अधिकार रक्षकको सवाललाई प्राथमिकता दिन्छौं : मुख्यमन्त्री केसी
आइतबार, १० असोज २०७८, २१ : ४६
लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले लोकतन्त्रलाई दिगो र स्थायित्व दिनुपर्ने भएकोले मानव अधिकार रक्षकमैत्री राज्य निर्माण गर्नु लुम्बिनी सरकारको पहिलो प्राथमिकता भएको बताएका छन् ।
इन्सेक लुम्बिनी प्रदेशले आयोजना गरेको कार्यक्रममा उनले मानव अधिकारको विषय अन्तर्राष्ट्रिय रुपमै महत्वपूर्ण विषय भएको बताए । उनले मानव अधिकारको क्षेत्रमा संघीय सरकारले नै विधेयक निर्माण गर्ने भएकाले त्यसमा भूमिका खेल्न सरोकारवालालाई अपिलसमेत गरे ।
कार्यक्रममा प्रदेशका मुख्य न्यायाधिवक्ता कृष्ण सुवेदीले मानव अधिकार रक्षकहरुको भूमिका विगतका विभिन्न आन्दोलनदेखि नै महत्त्वपूर्ण भएको बताउँदै मानव अधिकार रक्षकहरुको रक्षा एवं प्रवर्द्धनका लागि कानुन तथा विधेयक निर्माण गर्नुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण