नेपालगञ्ज उपमहानगरको बोर्ड बैठकमा हात हालाहाल
बाँकेको नेपालगञ्ज उपमहानगरपालिकाको बोर्ड बैठकमा खर्चका विषयलाई लिएर हात हालाहाल भएको छ । सोमबार दिउँसो वडाध्यक्ष र कार्यपालिका सदस्यका बीचमा बैठकमै हात हालाहाल भएको हो । कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुको गुनासोपछि कार्यपालिका सदस्य र वडाअध्यक्षबीच हात हालाहाल भएको हो ।
सो क्रममा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको बताइएको छ । उपमहानगरपालिकाकी उपमेयर उमा थापा मगरले बोर्डको खर्चको बिषयलाई लिएर विवाद भएको रातोपाटीलाई बताइन् । उनले यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको रकम पारदर्शी रुपमा खर्च नभएको वडा अध्यक्षहरुले बताएपछि विवाद भएको बताइन् ।
बैठकमा वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र कार्यपालिका सदस्य देउमल सुनारबीच तानातान भएको थियो । उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको बताइएको छ । विवाद गर्ने वडा अध्यक्ष राप्रपाका र कार्यपालिका सदस्य माओवादी केन्द्रका हुन् । विवाद साम्य बन्दै गएपछि फेरि बैठक बसेको उपप्रमुख थापाले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण