काँग्रेस अधिवेशन : यी हुन् लुम्बिनी प्रदेशकै एकमात्र महिला सभापति
नेपाली काँग्रेसको १४ महाधिवेशन अन्तर्गत हालसम्म लुम्बिनी प्रदेशमा भएको पालिकास्तरको अधिवेशनमा एक जनामात्र महिला सभापति चुनिएकी छन् । पाल्पाको पूर्व खोला गाउँपालिका–३ निवासी ५० वर्षीया बिष्णुकुमारी आचार्यलाई गत सम्पन्न पालिका अधिवेशनले सर्वसम्मत रुपमा पालिका सभापतिमा निर्वाचित गरेको हो । उपसभापतिमा मेघराज न्यौपाने र दुर्गाबहादुर थापालाई निर्वाचित गरेको छ ।
नवनिर्वाचित सभापति आचार्यका अनुसार अधिवेशनले सचिवद्वयमा भुपाल पंगेनी र ऋषिराम ढेंगालाई चयन गरेको छ । सह–सचिवद्धयमा जगत सिंह हिस्की र नवराज श्रेष्ठलाई चयन गरिएको छ भने १८ सदस्यीय निर्वाचित कार्य समितिले कोषाध्यक्षमा अमरसिंह रानालाई मनोनित समेत गरि सकेको छ ।
शिक्षक संघबाट संगठित भएकी आचार्यले गत वर्ष पूर्व खोला गाउँ कार्य समितिका सभापति कृष्णप्रसाद आचार्य बाहिर गएपछि कार्यवाहक सभापतिको जिम्मेवारी पाएकी थिइन् । अहिले भने अधिवेशनबाटै उनले सभापतिको जिम्मेवारी पाएकी हुन् ।
तीन छोरी र एक छोराकी आमा आचार्यले घरको जिम्मेवारीभन्दा बढी पार्टीको जिम्मेवारी लिने र अहिले नेपाली काँग्रेस पूर्व खोलामा कमजोर रहेको पार्टी संगठनलाई मजबुत बनाउने लक्ष्य बनाएकी छन् । ट्रेड युनियन काँग्रेस पूर्वखोलाको उपसभापति समेत रहेकी आचार्य अब पार्टी सभापतिको जिम्मेवारी पुरुषले भन्दा अझ सशक्त ढंगले महिलाले निभाउन सक्ने उदाहरण दिने बताउँछिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
-
विधिपूर्वक साउने सङ्क्रान्ति मनाइयो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण