कन्नड अभिनेत्री सौजन्याले गरिन् आत्महत्या, अपार्टमेन्टमा भेटियो सुसाइड नोट
बिहीबार, १४ असोज २०७८, १६ : ३७
केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले झुण्डिएर आत्महत्या गरेकी छिन् । बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको भारतीय सञ्चार माध्यमले जानकारी दिएका छन् । प्रहरीले उनको शवसँग सुसाइड नोट भेटेको छ ।
उक्त सुसाइड नोटमा उनले आफ्नो मृत्युका लागि कसैलाई पनि जिम्मेवार नदेखाउन लेखेकी छिन् । उनले आफ्ना आमाबुवालाई माफी दिनसमेत भनेकी छिन् । यसका साथै उनले आफ्नो स्वास्थ्यमा कुनै समस्या नभएतापनि जीवनमा उनले जे जति भोगिन् त्यसले उनलाई मानसिक रुपमा तनाव भने दिएको बताइन् । अन्त्यमा उनले आफूलाई सहयोग गर्ने सबैलाई धन्यवादसमेत दिएकी छिन् ।
सौजन्या कोडगु जिल्लाको कुशलनगरमा बस्थिन् र उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण