अमिताभ बच्चनसँग समिरा रेड्डीको डेट नाइट : सोधिन्, ‘मसँग विवाह गर्नुहुन्छ ?’
बलिउड नायिका समिरा रेड्डीले इन्स्टामा एउटा भिडियो सेयर गरेर उनी महानायक भनिन् अमिताभ बच्चनसँग डेट नाइटमा गएको बताएकी छिन्् । यतिबेला समिरा रेड्डीले अमिताभलाई ‘मसँग विवाह गर्नुहुन्छ ?’ भनेर सोध्छिन् । यति पढुञ्जेल तपाईंहरुमध्ये धेरैलाई ‘के लेखेको होला’ भनेर खुल्दुली भयो होला । आउनुहोस् यसबारे विस्तृत जानकारी लिऔं ।
वास्तवमा यो एउटा प्रामोशनल भिडियो हो । अमेजन एलेक्साले पहिलो भारतीय सेलिब्रिटी भोइस फिचर सार्वजनिक गरेको छ । यसमार्फत् एलेक्सा प्रयोगकर्ता अब अमिताभ बच्चनको आवाजमा आफ्नो प्रश्नको जवाफ पाउन सक्छन् । यसैलाई समिरा रेड्डीले प्रोमोसन गरेकी छिन् ।
आफ्नो भिडियोमा समिरा रेड्डीले प्रशंसकलाई आफू अमिताभ बच्चनसँग डेट नाइटमा जान लागेको बताउँदै चकित पार्छिन् । त्यसपछि उनी टेबलमा बस्छिन् जहाँ एलेक्सा डिभाइस राखिएको छ । समिराले अमिताभलाई ‘कस्तो हुनुहुन्छ ?’ भनेर सोध्छिन् । उनलाई मनपर्ने खानाबारे सोध्छिन् । त्यसपछि समिराले ‘मसँग विवाह गर्नुहुन्छ ?’ भनेर पनि सोध्छिन् । समिराले अमिताभलाक्ष्ई सिलसिला फिल्मको गीत बजाउन पनि आग्रह गर्छिन् । समिराले त्यसपछि भन्छिन्, ‘यदि तपाईंहरु पनि अमिताभ बच्चनसँग कुराकानी गर्न चाहनुहुन्छ भने यो डिभाइस खरिद गर्न सक्नुहुन्छ ।’
यो डिभाइसमा अमिताभ बच्चनको गीत, कहानी, उनका पिताका कवितालगायतका धेरै कुरा सुन्न सकिन्छ । समिरा रेड्डीको कुरा गर्नुपर्दा उनी हाल बलिउडबाट टाढै छिन् । उनी आफ्ना सन्तान, श्रीमान् र सासुसँग निकै मस्ती गरिरहेको भिडियो इन्स्टाग्राममा सेयर गरिरहन्छिन् । उनी सोसल मिडियामा असाध्यै सक्रिय छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण