उपमेयर चढ्ने गाडीको ठक्करबाट २ जना घाइते
रुपन्देहीको सैनामैना नगरपालिकाकी उपमेयर बिना मगर चढ्ने स्कारपियोले मोटरसाइकललाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।
बुटवलतर्फ आउँदै गरेको लु १५ प ६८४४ नम्बरको मोटरसाइकललाई लु १ झ ३९३ नम्बरको स्कारपियोले आज बिहान सैनामैना नगपालिका–५ बुद्ध नगरमा ठक्कर दिएको थियो । उपमेयर चढ्ने गाडी कार्यालय जाने क्रममा मोटरसाइकललाई ठक्कर दिएको हो। उक्त गाडी उपमेयर चढ्ने भएपनि उपमेयर मगर भने सवार रहेकी थिइनन् ।
दुर्घटनाबाट मोटरसाइकलमा सवार तिलोत्तमा नगरपालिका–२का७० वर्षीय बालकृष्ण गौतम र उनकी श्रीमती ६० वर्षीया लक्ष्मी गौतम घाइते भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय, बुटवलका प्रमुख योगेन्द्रसिंह थापाले बताए । घाइते दुबैको अवस्था सामान्य र उनीहरुको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । घटनाबारे थप अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।
यसैबीच रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
लु.७१ प ५६३४ नम्बरको मोटरसाइकलको ठक्करबाट स्थानीय संगिता गाहा मगरकी छोरी २ वर्षीया पृषिका गाहा मगरको गएराति मृत्यु भएको हो ।
ठक्करबाट गम्भीर घाइते भएकी बालिकाको क्रिमसन अस्पताल मणिग्राम हुँदै पुरानो मेडिकल कलेज भरतपुरमा थप उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण