विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
सारांश
- आर्थिक वर्ष २०८२/०८३ मा विशेष अदालतले वार्षिक लक्ष्यको ८३.७६ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो ।
- जेनजी आन्दोलनका कारण ४ महिना काम प्रभावित भए पनि अदालतले १५५ थान मुद्दाको फैसला गरी लक्ष्यको ५९.३८ प्रतिशत लगत फर्छ्यौट गरेको छ ।
- विशेष अदालतले प्रविधिमैत्री न्याय सम्पादनमा जोड दिँदै अनलाइन बहस, एसएमएसमार्फत पेशी जानकारी र ह्वाट्सएप/भाइवरबाट आदेश/फैसलाको जानकारी दिने व्यवस्था गरेको छ ।
काठमाडौँ । विशेष अदालतले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न चुनौती र अवरोधका बाबजुद उत्साहजनक प्रगति हासिल गरेको छ ।
गत भदौ २४ मा भएको जेनजी आन्दोलनको निशानामा परेको विशेष अदालतले भौतिक संरचनामा पुगेको क्षतिका कारण करिब ४ महिना काम प्रभावित भए पनि वार्षिक लक्ष्यको ८३.७६ प्रतिशत मुद्दा फर्छ्यौट गर्न सफल भएको हो ।
गत आर्थिक वर्षमा कूल २६१ थान मुद्दामध्ये १५५ थान मुद्दाको फैसला भएको छ । जुन कूल लगतको ५९.३८ प्रतिशत हो ।
अदालतले १८५ थान मुद्दा फर्छ्यौट गर्ने वार्षिक लक्ष्य राखेको थियो । अदालतका प्रवक्ता एवं उपरजिस्ट्रार कृष्णशरण लामिछानेका अनुसार भदौ २३ र २४ गतेको 'जेनजी' आन्दोलनका कारण अदालतको भवनमा ठुलो क्षति पुगेको थियो ।
तोडफोड र आगजनीबाट कम्प्युटर, स्क्यानर, सीसीटीभी र सफ्टवेयर प्रणाली पूर्ण रूपमा अवरुद्ध भएको थियो । यद्यपि, नेपाल सरकार, काठमाडौँ महानगरपालिका र यूएनडीपी जस्ता निकायको सहयोगमा भौतिक संरचना र सूचना प्रविधिको पुनर्स्थापना गरी अदालतलाई पुनः सञ्चालनमा ल्याइएको थियो ।
जेनजी आन्दोलन र आन्दोलनको प्रभावले परेको असरका कारण र माननीय न्यायाधीशहरूको सरुवाको कारण सोचेअनुरुप मुद्दा फर्छ्यौट गर्न नसकेको प्रवक्ता लामिछानेले बताए ।
क्षतिग्रस्त भवन, आइटी सँग सम्बन्धित कम्प्युटर स्क्यानर, टिभी स्क्रिन, डिजिटल सिटिजन चार्टर, सीसीटीभी प्रिन्टर लगायतका कामकारबाहीका लागि अत्यावश्यक सामाग्रीहरू तोडफोड तथा जलेका र अदालतको सफ्टवेयर रिकभर हुन समय लागेका कारण करिब ४ महिना अदालतलाई पुनर्स्थापना हुन समय लागेको थियो । यद्यपि पुनर्स्थापना पछि वार्षिक कार्ययोजना बमोजिम मुद्दा फर्छ्यौटमा विशेष अभियान बनाएर अघि बढेको उनले बताए ।
विशेष अदालतले हाल गैरकानूनी सम्पत्ति आर्जन, घुस रिसवत, निर्णयगत अनियमितता, नक्कली प्रमाणपत्र र सम्पत्ति शुद्धीकरण गरी ५ प्रकारका मुद्दाहरू हेर्दै आएको छ । पछिल्लो कानूनी संशोधन (२०८२ चैत्र १८ को राजपत्रको सूचना) अनुसार सम्पत्ति शुद्धीकरणका मुद्दाहरूको क्षेत्राधिकार अब जिल्ला अदालतमा सरेको छ ।
अदालतले फैसला कार्यान्वयनतर्फ पनि सफलता हासिल गरेको जनाएको छ । सजाय कार्यान्वयनबाट ३ करोड ८ लाख ९५ हजार रुपैयाँ राजस्व सङ्कलन भएको जनाएको छ । त्यस्तै बिगो असुलीतर्फ १ करोड ५६ लाख ७७ हजार रुपैयाँ बिगो असुल भएको जानकारी दिएको छ । फैसला बमोजिम काठमाडौँ उपत्यकाको १७ रोपनी ४ आनाभन्दा बढी जग्गा जफत गरिएको छ । अन्तिम फैसला हुन बाँकी समेत गरी करिब २० अर्ब ९ करोड रुपैयाँ जरिवाना लगतमा रहेको छ ।
प्रविधिमैत्री न्याय सम्पादन
विशेष अदालतले आफूलाई ’स्मार्ट कोर्ट’ का रूपमा विकास गर्ने लक्ष्य लिएको छ । हाल अदालतले अनलाइन माध्यमबाट बहस र बकपत्र (विदेशबाट समेत), एसएमएसमार्फत पेशीको जानकारी र ह्वाट्सएप/भाइवरबाट आदेश तथा फैसलाको जानकारी दिने व्यवस्था गरेको छ ।
आगामी साउनदेखि ’डकुमेन्ट म्यानेजमेन्ट सिस् लागू गर्ने तयारी गरिएको छ । अदालतले बजेटको पर्याप्तता नहुनु, उपयुक्त भवनको अभाव र जनशक्तिलाई उत्प्रेरित गर्ने साधन स्रोतको कमीलाई मुख्य चुनौतीका रूपमा औँल्याएको छ ।
आगामी दिनमा मुद्दाको कानुन बमोजिमको म्याद नाघ्न नदिने र विश्वको जुनसुकै कुनाबाट पनि न्यायमा पहुँच पुर्याउने प्रतिबद्धता अदालतले व्यक्त गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
-
कोलकाताबाट विराटनगरका लागि पहिलो पटक रेल कार्गो सेवा सुरु
-
यस्तो छ मिटरब्याज पीडित र सरकारबिचको ९ बुँदे सहमति
-
विष्णु पौडेललाई साधारण तारेखमा रिहा गर्न आदेश
-
‘एक वर्षका लागि भइरहेको सत्ताको खेल पुराना पार्टीका लागि घातक बन्न सक्छ’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण