शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विशेषकाे आदेश

साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू

शुक्रबार, ०१ साउन २०८३, १८ : ५६
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सम्पत्ति शुद्धीकरणको मुद्दामा साधारण तारेखमा राखी मुद्दा अघि बढाउने आदेश दिएको छ।
  • पौडेलविरुद्ध मन्त्री पदमा रहँदा पदको दुरुपयोग गरी व्यवसायीलाई लाभ पुर्‍याएको र अवैध धन लुकाउन सहयोग गरेको अभियोगमा २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गरिएको थियो।
  • यही साउन २८ गतेको तारेख लिएर उनी विशेष अदालतबाट बाहिरिएका छन्।

काठमाडौँ । विशेष अदालतले पूर्वअर्थमन्त्री विष्णु पौडेललाई चार वटा आधार र कारण देखाएर सम्पत्ति शुद्धीकरणको मुद्दामा साधारण तारेखमा राखेर मुद्दा अघि बढाउन आदेश दिएको छ।

विशेष अदालतका सदस्यहरू नारायणप्रसाद पौडेल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले शुक्रबार यस्तो आदेश दिएको हो।

यही साउन २८ गतेको तारेख लिएर उनी विशेष अदालतबाट बाहिरिएका छन् । 

पौडेलविरुद्ध २० करोड ९० लाख रुपैयाँ बिगो दाबी गर्दै मन्त्री पदमा रहँदा पदको दुरुपयोग गरी व्यवसायीलाई लाभ पुर्‍याएको र अवैध धन लुकाउन सहयोग गरेको अभियोग लगाएको थियो। 

bishnu paudel (1)bishnu paudel (2)bishnu paudel (3)bishnu paudel (4)bishnu paudel (5)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप