शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
मासिक राशिफल

साउनमा यी राशिहरू हुनेछन् मालामाल, हेर्नुहोस् मासिक राशिफल

शुक्रबार, ०१ साउन २०८३, ०१ : ०७
शुक्रबार, ०१ साउन २०८३

सारांश

  • मेष राशिका लागि सूर्य र बृहस्पति सुख भावमा रहनेछन्, जसले उच्च रक्तचाप, मुटु, टाउको दुखाइ जस्ता स्वास्थ्य समस्या निम्त्याउनुका साथै मेडिकल खर्च बढाउन सक्नेछ।
  • वृष राशिका लागि सूर्य र बृहस्पति पराक्रम भावमा रहनेछन्, जसले राजनीति, समाजसेवा र साझेदारी व्यवसायमा सफलता दिलाउनेछ, तर पेटसम्बन्धी समस्या आउन सक्नेछ।
  • मिथुन राशिका लागि सूर्य र बृहस्पति धन भावमा रहनेछन्, जसले धन सम्पत्ति हराउने वा स्थायी सम्पत्तिमा विवाद जस्ता समस्या निम्त्याउनुका साथै मानसिक वा शारीरिक कष्ट हुन सक्नेछ।

२०८३ साउन महिनाको राशिफल ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मेष राशि हुनेहरूका लागी सूर्य र बृहस्पति सुख भावमा । बुध २० गतेसम्म पराक्रम भावमा र २१ गतेबाट सुख भावमा  । शुक्र १५ गतेसम्म सन्तान भावमा र १६ गतेबाट प्रतिस्पर्धा भावमा । शनि खर्च भावमा । मङ्गल १७ गतेसम्म धन भावमा र १८ गतेबाट प्रतिस्पर्धा भावमा गोचर गरिरहेका छन् । सुख भावमा महिनाभर सूर्यको प्रतिकुल प्रभावले उच्च रक्तचाप, मुटु, टाउको दुखाई, कोलेस्ट्रोल, छाती, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । राजनीति तथा समाजसेवामा जनताको समर्थन पाउन निकै नै मेहनत गर्नुपर्नेछ । घर जग्गा तथा रियल स्टेट सम्बन्धी काम गर्ने व्यापारीहरूका लागी समय मध्यम रहेको छ । आमा वा घरपरिवारको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । सवारी साधनको प्रयोग वा लामो दुरीको यात्रा गर्दा ध्यान दिनुहोला । दोस्रो सातासम्म धन भावमा गोचर गर्ने मङ्गलको प्रतिकुल प्रभावले धन सम्पत्ति फस्ने र कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शनिको आद्य शाढेसातीको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।  यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि बुध, शुक्र, बृहस्पतिको अनुकूल प्रभावले सङ्गीत तथा कला क्षेत्रमा राम्रा काम गरी नाम कमाउन सकिनेछ । मनोरञ्जन तथा फिल्मी क्षेत्रमा सफलता प्राप्त हुनेछ । निर्माण सामाग्री, अटो पार्टस्, पेपर उद्योग तथा कन्स्ट्रक्सन क्षेत्रमा मनग्गे धन कमाउन सकिनेछ । कृषि तथा पशुपालन व्यवसायबाट मुनाफा कमाउन सकिनेछ । महिनाको दोस्रा साताबाट प्रतिस्पर्धा भावमा गोचर गर्ने मङ्गलको शुभ प्रभावले नोकरी वा अध्ययनमा हुने प्रतिस्पर्धामा तपाईँको उपस्थिति उत्साहजनक रहनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ । महिनाको दोस्रो साताबाट मङ्गलको अनुकूल प्रभावले परिवार, साथीभाइ तथा भाइबहिनीको सहयोग प्राप्त हुनेछ ।
  • वृष (ईऊ,ए,ओ,वा,वी,वू,वे,वो) वृष राशि हुनेहरूका लागी सूर्य र बृहस्पति पराक्रम भावमा । बुध २० गतेसम्म धन भावमा र २१ गतेबाट पराक्रम भावमा  । शुक्र १५ गतेसम्म सुख भावमा र १६ गतेबाट सन्तान भावमा । शनि लाभ भावमा । मङ्गल १७ गतेसम्म राशिमा र १८ गतेबाट धन भावमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीति तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।  दाजुभाइ तथा साझेदारसँग गरिने व्यवसायबाट राम्रो आम्दानी हुनेछ । पराक्रम भावमा गोचर गर्ने बृहस्पतिको शुभ प्रभावले आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा हुनेछ । लाभ भावमा गोचर गर्ने शनिको शुभ प्रभावले भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । धार्मिक वस्तुको व्यापार तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी महिना फलदायी रहनेछ । लामो दुरीको शैक्षिक तथा कर्म प्राप्तिको लागी यात्राको तय गर्न सकिनेछ । न्यायिक क्षेत्रमा काम गर्ने न्यायाधीश, अधिवक्ता तथा नोकरीमा प्रतिस्पर्धा गर्नेहरूका लागी समय फलदायी रहनेछ । साहसी क्रियाकलापमा भाग लिई नाम कमाउन सकिनेछ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछन् । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । विद्यामा सफलता प्राप्त हुनेछ भने छोटो तथा रमाइलो यात्राको तय हुनेछ । तर पनि राशिमा र धन भावमा मङ्गलको प्रतिकुल प्रभावले कुटुम्बसँग मतभेद बढ्ने तथा आफन्तसँग टाढिनु पर्ने बाध्यता आउनेछ । पेट सम्बन्धी समस्या आई औषधी खर्च बढ्ने योग रहेको छ । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनु पर्नेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मिथुन राशि हुनेहरूका लागी सूर्य र बृहस्पति धन भावमा । बुध २० गतेसम्म राशिमा र २१ गतेबाट धन भावमा  । शुक्र १५ गतेसम्म पराक्रम भावमा र १६ गतेबाट सुख भावमा । शनि कर्म भावमा । मङ्गल १७ गतेसम्म खर्च र १८ गतेबाट राशिमा गोचर गरिरहेका छन् । माथि उल्लेखित ग्रह गोचरको अध्ययन तथा विश्लेषण गर्दा धन भावमा गोचर गर्ने सूर्यको प्रतिकुल प्रभावले धन सम्पत्ति हराउने, लुटिने तथा स्थायी सम्पत्तिमा विवाद हुन सक्छ ध्यान दिनुहोला । मानसिक वा शारीरिक कष्ट हुनेछ । पति पत्नीको स्वास्थ्य प्रतिकुल असर पर्नेछ । टाउको, दाँत, आँखा तथा पेट सम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । महिनाभर मङ्गलको प्रतिकुल प्रभावले आफन्त तथा अग्रजहरूसँग सानो सानो विषयमा विवाद सिर्जना हुने योग रहेको छ । समयमा काम सम्पन्न नहुने तथा गल्ती गर्नाले दण्ड तथा जरिवाना तिर्नु पर्ने हुन सक्छ ध्यान दिनुहोला ।  तर पनि शुक्र, बुध, र बृहस्पतिको अनुकूल प्रभावले आर्थिक क्षेत्र र शेयर बजारमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । लेखन, कला तथा साहित्य क्षेत्रमा बाकी रहेका कामहरू सकाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग, बिलासी सामानको व्यापार, गरगहना तथा टेक्निकल सामानको पार्ट्स पुर्जाको व्यापार गर्नेहरूका लागी फलदायी रहनेछ । भौतिक वस्तु तथा सवारी साधनको कारोबार फस्टाएर जानेछ । होटल तथा रेष्टुरेन्ट र रिसोर्टजस्ता बिलासी स्थानमा गरिने व्यापारबाट मनग्गे लाभ लिन  सकिनेछ । राज्य भावमा शनिको गोचरले पैतृक धन तथा प्राकृतिक स्रोत साधनको प्रयोग मार्फत धन आर्जन गर्न सकिनेछ । निर्माण सामाग्री तथा कन्स्ट्रक्सनको क्षेत्रमा काम गर्नेहरूले मनग्गे धन आर्जन गर्न सक्नेछन् ।  
  • कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो)  कर्कट राशि हुनेहरूका लागी सूर्य र बृहस्पति राशिमा । बुध २० गतेसम्म खर्च भावमा र २१ गतेबाट राशिमा  । शुक्र १५ गतेसम्म धन भावमा र १६ गतेबाट पराक्रम भावमा । शनि भाग्य भावमा । मङ्गल १७ गतेसम्म लाभ भावमा र १८ गतेबाट खर्च भावमा गरिरहेका छन् । राशि वा शिरमा सूर्यको प्रतिकुल प्रभाव रहने हुनाले उच्च रक्तचाप, टाउको दुखाई, कोलेस्ट्रोल, दाँत, आँखा तथा मौसमी रोगले सताउने तथा मेडिकल खर्च बढेर जाने योग रहेको छ । महिनाको दोस्रो साताबाट खर्च भावमा गोचर गर्ने मङ्गलले धन सम्पत्ति फस्ने र आफन्तसँग मनमुटाब बढ्ने योग रहेको छ । शरीरमा घाउ खटिरा आउने, चोटपटक लाग्ने योग रहेको छ ।तर पनि अन्य ग्रहको अनुकूल प्रभावले शिक्षा क्षेत्रमा लगानी गर्नेहरूका लागी समय उत्तम रहेको छ । धार्मिक तथा शैक्षिक यात्राको गतिलो योग रहेको छ । होटल, रिसोर्ट तथा शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आम्दानी गर्न सकिनेछ । औषधी, निर्माण सामग्री र दैनिक उपभोग्य वस्तुको कारोबारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक कार्यमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउँको भ्रमण हुनेछ । बृहस्पतिको अनुकूल प्रभावले स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्र वा शुभ तथा माङ्गलिक कार्यमा खर्च हुनेछ ।   परराष्ट्र तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी समयले साथ दिनेछ । नयाँ काम पाइने वा नोकरीमा बढुवा तथा सुगम स्थानमा स्थानान्तरण हुने योग रहेको छ । खेलकुद तथा पराक्रमी क्रियाकलापमा भाग लिई आम्दानी बढाउन  सकिनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सिंह राशि हुनेहरूका लागी सूर्य र बृहस्पति खर्च भावमा । बुध २० गतेसम्म लाभ भावमा र २१ गतेबाट खर्च भावमा  । शुक्र १५ गतेसम्म राशिमा र १६ गतेबाट धन भावमा । शनि कष्ट भावमा । मङ्गल १७ गतेसम्म राज्य भावमा र १८ गतेबाट लाभ भावमा गरिरहेका छन् । अढैया शनिको प्रभाव महिनाभर रहनेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूका लागी खानपान तथा बाहिरी वातावरणमा ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूले विशेष ख्याल गर्नुहोला । जन्म कुण्डलीमा शनि ग्रह कमजोर हुनेहरूले देवी पूजा, शनिमुद्रिका धारण, शनिस्त्रोत्र पाठ, पीपलमा जल चढाउने, र रत्नको प्रयोग गर्दा राम्रो हुनेछ ।  यदि जन्म कुण्डलीमा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । खर्च भावमा गोचर गर्ने सूर्य र बृहस्पतिको प्रभावले बुवा वा आफन्तको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । राज्यको नजिक रही काम गर्नेहरुले काममा ढिला सुस्ती तथा काम बिग्रने हुँदा राज्यलाई दण्ड जरिवाना तिर्नु पर्ने हुन सक्छ । राज्यको नुन खाएकाहरूले नियम सङ्गत काम गर्न नसक्दा नोकरीमा असजिलो परिस्थितिको सामना गर्नु पर्नेछ । मुटु, आँखा, दाँत तथा हड्डी सम्बन्धी रोगीहरूले विशेष ध्यान दिनु पर्नेछ । व्यावहारिक तथा आर्थिक उतारचढाव आउनेछ । शुभ कार्यमा खर्च हुने तथा स्वास्थ्य सम्बन्धी समस्या आउनेछ । तर पनि बुध, शुक्र र मङ्गलको अनुकूल प्रभावले ठुलाबडा तथा विशिष्ट व्यक्तिहरुको आशीर्वाद पाइने हुँदा मन प्रसन्न हुनेछ । माया प्रेम गर्नेहरूले आफ्नो मायालुको साथ पाउनेछन् । शुभ तथा माङ्गलिक समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । गीतकार, सङ्गीतकार तथा साहित्यको क्षेत्रमा काम गर्नेहरूका लागी समय फलदायी रहनेछ । काम वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको योग रहेको छ । राज्य भाव र लाभ भावमा मङ्गलको शुभ गोचरका कारण अटोपार्टस, निर्माण सामाग्रीको कामबाट आर्थिक उन्नती गर्न सकिने तथा निर्माण व्यवसायीहरुका लागी समय फलदायी रहनेछ ।
  • कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)  कन्या राशि हुनेहरूका लागी सूर्य र बृहस्पति लाभ भावमा । बुध २० गतेसम्म राज्य भावमा र २१ गतेबाट लाभ भावमा  । शुक्र १५ गतेसम्म खर्च भावमा र १६ गतेबाट राशिमा । शनि व्यापार भावमा । मङ्गल १७ गतेसम्म भाग्य भावमा र १८ गतेबाट राज्य भावमा गरिरहेका छन् । पैतृक धन तथा प्राकृतिक स्रोतको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । नोकरीमा प्रवेश पाइने तथा मान सम्मानमा वृद्धि हुनेछ । सरकारी जागिरेहरूले बढुवा तथा सुगम स्थानमा स्थानान्तरणको प्रशस्त सम्भावना रहेको छ । बुध तथा बृहस्पति ग्रहको अनुकूलताले शेयर बजार, उद्योग, निर्माण सामाग्री, स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रको लगानीबाट मनग्गे धन तथा सम्पत्ति आर्जन गर्न सकिनेछ । भाग्यले साथ दिने हुनाले प्रेम बन्धनमा भावना साटासाट हुने तथा दाम्पत्य जीवन सुखमय रहनेछ । मन परेको मानिसबाट उपहारको रूपमा बिलासी सामान प्राप्तिको योग रहको छ । कर्मप्राप्ती वा अध्ययनको सवालमा लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । शुभ कार्यमा खर्च बढ्ने तथा शयन सुख प्राप्त हुनेछ । स्थायी सम्पत्ति जस्तै सवारी साधन, बिलासी सामान तथा घरजग्गा जोड्ने योग रहेको छ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । तर पनि यात्रा कष्टकर नहोला भन्न सकिन्न । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घटना नघट्ला भन्न सकिन्न । व्यापार वा पति पत्नी भावमा गोचर गर्ने शनिको कारण साझेदारी व्यवसायमा साझेदारहरूबिच मनमुटाब बढ्नेछ । घरपरिवार तथा जीवन साथीसँग मनमुटाब नहोला भन्न सकिन्न ।  
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) तुला राशि हुनेहरूका लागी सूर्य र बृहस्पति राज्य भावमा । बुध २० गतेसम्म भाग्य भावमा र २१ गतेबाट राज्य भावमा  । शुक्र १५ गतेसम्म लाभ भावमा र १६ गतेबाट खर्च भावमा । शनि प्रतिस्पर्धा भावमा । मङ्गल १७ गतेसम्म कष्ट भावमा र १८ गतेबाट भाग्य भावमा गरिरहेका छन् । तुला राशि हुनेहरूका लागी यो महिना शुभ रहेको छ । शेयर बजारमा सुझबुझका साथ लगानी गर्दा नाफा कमाउन सकिनेछ । खाद्यान्न तथा गरगहनाको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पत्रकार, स्वदेशी वा विदेशी सामानको आयात निर्यात गर्ने उद्योगी, व्यापारी, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्ने कलाकारहरूका लागी समय उत्तम रहेको छ । शनिको प्रतिस्पर्धा भावमा शुभ गोचरको कारण सुरक्षा संयन्त्रको क्षेत्रमा प्रवेश तथा पदोन्नतिको लागी समय उत्तम रहेको छ । राजनीतिकर्मी तथा समाजसेवीहरूका लागी समयले साथ दिने हुनाले आफ्नो कामबाट सन्तुष्ट हुने वा पद प्राप्त हुने योग रहेको छ । निर्माण सामाग्री, अटोपार्टस तथा औषधीजन्य सामाग्रीका व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । सामाजिक तथा धार्मिक कार्यमा मन जानेछ भने मन्दिरको यात्रा गरी प्रसाद ग्रहण गर्न सकिनेछ । लामो समय देखिको प्रेम सम्बन्धलाई अग्रज वा आफन्तको सल्लाहमा विवाहमा परिणत गर्न सकिनेछ । स्कुल, कलेज, बैक तथा वित्तीय क्षेत्रबाट मनग्गे धन तथा सम्पति आर्जन गर्न सकिनेछ । तर पनि महिनाको दोस्रो सातासम्म कष्ट भावमा गोचर गर्ने मङ्गलले अनावश्यक खर्च बढ्नेछ । यात्रा कष्टकर नहोला भन्न सकिन्न । यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान नदिए अप्रिय घटना नघट्ला भन्न सकिन्न ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) वृश्चिक राशि हुनेहरूका लागी सूर्य र बृहस्पति भाग्य भावमा । बुध २० गतेसम्म कष्ट भावमा र २१ गतेबाट भाग्य भावमा  । शुक्र १५ गतेसम्म राज्य भावमा र १६ गतेबाट लाभ भावमा । शनि सन्तान भावमा । मङ्गल १७ गतेसम्म व्यापार भावमा र १८ गतेबाट कष्ट भावमा गरिरहेका छन् । वृश्चिक राशि हुनेहरूका लागी यो महिना मिश्रित फल प्राप्त हुनेछ । धार्मिक तथा शैक्षिक यात्रा हुने भए पनि कष्टकर नहोला भन्न सकिन्न । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । आँखा, हड्डी, मुटु तथा मेरुदण्ड सम्बन्धी रोगबाट पीडित भएकाहरूले भने सचेत हुनु जरुरी देखिन्छ । सन्तान भावमा शनिको गोचरको कारणले सन्तानसँग मतभेद वा टाढिनु पर्नेछ । पेट तथा नशा सम्बन्धी समस्या बढ्ने योग रहेको छ । कष्ट भावमा बृहस्पतिको गोचरले खोज तथा अनुसन्धानको प्रगति हुने भए पनि ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ । महिनाको दोस्रो साताबाट कष्ट भावमा गोचर गर्ने मङ्गलको प्रतिकुल प्रभावले ऋण, रोग तथा सङ्कटको सामना गर्नुपर्नेछ । तर पनि बुध, बृहस्पति र शुक्रको अनुकूल गोचरका कारण शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट मुनाफा कमाउन सकिनेछ । आफन्त तथा दिदीबहीनिबाट तपाईँको काममा सहयोग प्राप्त हुनेछ । शुभ तथा माङ्गलिक सभा समारोहका सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ भने छोटो दुरीको रमाइलो यात्राको तय हुनेछ । लेखन कला साहित्यको क्षेत्रमा बाकी रहेको कामलाई फत्ते गर्दै नयाँ कामको थालनी गर्न सकिनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) धनु राशि हुनेहरूका लागी सूर्य र बृहस्पति कष्ट भावमा । बुध २० गतेसम्म व्यापार भावमा र २१ गतेबाट कष्ट भावमा  । शुक्र १५ गतेसम्म भाग्य भावमा र १६ गतेबाट राज्य भावमा । शनि सुख भावमा । मङ्गल १७ गतेसम्म प्रतिस्पर्धा भावमा र १८ गतेबाट व्यापार भावमा गरिरहेका छन् । धनु राशि हुनेहरूका लागी यो महिना मध्यम रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा दीर्घ रोगीहरूले खानपानमा ध्यान दिनुहोला । राजनीति तथा समाजसेवामा तपाईँको उपस्थिति कमजोर रहनेछ । सवारी साधन तथा भौतिक वस्तुको प्रयोग गर्दा ध्यान दिनुहोला चोटपटक लाग्ने तथा अप्रिय घटना नघट्ला भन्न सकिन्न । स्थायी सम्पत्तिमा विवाद आउने योग रहेको छ । कष्ट भावमा गोचर गर्ने बृहस्पतिको प्रतिकुल प्रभावले ऋण, रोग तथा सङ्कटको सामना गर्नु पर्नेछ । महिना भरि नै शनिको अडैया दशाको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ ।  सवारी साधन चलाउँदा ध्यान दिनुहोला । आमाको स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्ने योग रहेको छ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । तर पनि बुध, मङ्गल तथा शुक्रको अनुकूल गोचरका कारण वित्तीय क्षेत्र वा शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । साहित्य लेखन तथा प्रकाशन गर्न बाकी रहेको कृतिहरू बजारमा ल्याउन सकिनेछ । घुमफिर तथा मनोरञ्जनको लागी देश विदेशको यात्राको तय हुनेछ । काम वा अध्ययनको सिलसिलामा यात्राको तय हुनेछ । प्रेम रमाउन चाहनेहरूका लागी यो महिना एक अर्काप्रति समर्पित हुन समय रहेको छ । नोकरीमा प्रवेश वा पदोन्नतिको गतिलो योग रहेको छ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) मकर राशि हुनेहरूका लागी सूर्य र बृहस्पति व्यापार भावमा । बुध २० गतेसम्म प्रतिस्पर्धा भावमा र २१ गतेबाट व्यापार भावमा  । शुक्र १५ गतेसम्म कष्ट भावमा र १६ गतेबाट भाग्य भावमा । शनि पराक्रम भावमा । मङ्गल १७ गतेसम्म सन्तान भावमा र १८ गतेबाट प्रतिस्पर्धा भावमा गरिरहेका छन् । यो महिना बुध, शुक्र, शनि, बृहस्पति र मङ्गलको कारणले अल्झेर बसेका कामहरू नियमित रूपमा सुचारु गर्न सकिनेछ । सरकारी जागिरमा प्रवेश वा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ । धर्म तथा अध्यात्म क्षेत्रमा मन जानेछ । उद्योग, शेयर बजार, शिक्षा, बैक तथा वित्तीय क्षेत्र, फिल्मी वा मनोरञ्जनको क्षेत्रमा काम गर्नेहरूले नाम तथा दाम दुवै कमाउने योग रहेको छ । लेखन, कला, साहित्यमा थाती रहेका काम सकाउन सकिनेछ । अनलाइन व्यापार तथा विदेशी निकायसँग समन्वय गरेर गर्ने कामबाट लाभ लिन सकिनेछ । तर पनि व्यापार भावमा गोचर गर्ने सूर्यले स्वास्थ्य सम्बन्धी समस्याले पिरोल्ने तथा औषधी उपचार खर्च बढ्नेछ । दीर्घरोग जस्तै प्रेसर, सुगर जस्ता रोगीहरूका लागी समय अनुकूल नहुन सक्छ । आफन्त तथा कुटुम्बसँग आर्थिक लेनदेनको मुद्दामा फस्न सकिन्छ । घर परिवार तथा जीवन साथीसँग राय बाझिनेछ । साझेदारी व्यापारमा बैमानस्यता पैदा हुनेछ । महिनाको दोस्रो सातासम्म सन्तान भावमा गोचर गर्ने मङ्गलको कारण दीर्घ रोगी तथा औषधीको प्रयोग गरिरहेकाहरूलाई गाह्रो पार्न सक्छ । भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) कुम्भ राशि हुनेहरूका लागी सूर्य र बृहस्पति प्रतिस्पर्धा भावमा । बुध २० गतेसम्म सन्तान भावमा र २१ गतेबाट प्रतिस्पर्धा भावमा  । शुक्र १५ गतेसम्म व्यापार भावमा र १६ गतेबाट कष्ट भावमा । शनि धन भावमा । मङ्गल १७ गतेसम्म मुख भावमा र १८ गतेबाट सन्तान  भावमा गरिरहेका छन् । कुम्भ राशि भएका व्यक्तिहरुका लागी यो महिना राम्रो रहेको छ । सूर्य, शुक्र र बुधको अनुकूल प्रभावले अध्ययनमा राम्रो प्रगति गर्न सकिने तथा सन्तान प्राप्तिको योग रहेको छ । मुद्दा मामिला तथा न्यायालयबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । राजनीति तथा समाजसेवामा जनताको साथ तथा समर्थन प्राप्त हुने हुँदा राजनीतिकर्मी तथा कूटनीतिको क्षेत्रमा काम गर्नेहरूका लागी पद प्राप्तिको योग रहेको छ । अन्धविश्वास तथा कुसंस्कारको विरुद्ध कलम चलाई समाजलाई शिक्षित पार्न तपाईँको लेखन कलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नेछ । माया प्रेमका सम्बन्धहरू विवाहमा परिणत गर्ने सहमति जुट्नेछ । लेखक, पत्रकार, अध्ययन तथा अनुसन्धान कर्ता, कपडा व्यवसायी तथा कागजको काम गर्नेहरूका लागी समय उत्तम रहेको छ । भौतिक तथा बिलासी वस्तुको कारोबार गर्नेहरूले मनग्गे धन सम्पत्ति जोड्न सक्नेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रको लगानीबाट आंशिक आम्दानी गर्न सकिनेछ । अध्ययन तथा कामको सिलसिलामा लामो दुरीको यात्राको तय हुनेछ । तर पनि महिनाभर मङ्गलको प्रतिकुलताले भौतिक सम्पत्ति वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । ऋण, रोग तथा शत्रुको सामना गर्नुपर्ने, दुर्घटना हुने तथा सङ्कटको सामना गर्नुपर्ने हुनसक्छ । महिना भरिनै शनिको अन्त्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) मीन राशि हुनेहरूका लागी सूर्य र बृहस्पति सन्तान भावमा । बुध २० गतेसम्म मुख भावमा र २१ गतेबाट सन्तान भावमा  । शुक्र १५ गतेसम्म प्रतिस्पर्धा भावमा र १६ गतेबाट व्यापार भावमा । शनि राशिमा । मङ्गल १७ गतेसम्म पराक्रम भावमा र १८ गतेबाट मुख  भावमा गरिरहेका छन् । महिना भरिनै शनिको मध्य साढेशातीको प्रभाव पर्नेछ । जन्म कुण्डलीमा शनि कमजोर हुनेहरूले खानपान तथा बाहिरी वातावरणको ध्यान दिनुहोला । शरीरमा आलस्य तथा अल्छीपना बढेर जानेछ । नशा, प्यारालाइसिस, ग्यास्ट्रिक तथा दीर्घ रोगीहरूका लागी समय कष्टकर हुनेछ । खर्च अभावले हातमा आइसकेको काम रोकिनेछ भने व्यापार व्यवसायमा मन्दी आउनाले खल्ती रित्तिनेछ । यदि चिनामा शनि बलवान भए शुभ फल प्राप्त हुनेछ । सन्तान तथा विद्या भावमा महिनाभर सूर्यको प्रभावले सन्तान तथा आफन्तसँग मनमुटाब बढ्नेछ । अध्ययनमा भनेजस्तो प्रगति गर्न नसकिए पनि प्रविधिको प्रयोग गरी सुधार गर्न सकिनेछ । पेट, आँखा तथा हड्डीमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । तर पनि महिनाभर नै बुध, शुक्र तथा बृहस्पतिको अनुकूल प्रभाव रहनेछ । लेखन कलाको माध्यमबाट आफ्नो विचारहरू जनमानसमा लैजान सकिनेछ । विदेशी सामानको व्यापार, महँगा तथा ब्राण्डेड सामान, पहिरन, शैक्षिक सामाग्री तथा गरगहनाको व्यवसायमा समय लगानी गर्नेहरूका लागी महिना फलदायी रहनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तानको प्रगतिमा मन रमाउनेछ । बैक तथा वित्तीय क्षेत्र र शेयर बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप