दाङमा खसी बोकाको खरिद मूल्य निर्धारण
दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी रु १५ र बोकाको खरिद मूल्यमा रु ४५ ले वृद्धि गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बोधन गर्दै मूल्यवृद्धि गर्ने निर्णय गरेको हो । बैठकले २५ किलोभन्दा माथिको ज्यूँदो खसीको मूल्य रु ५६५ र २० केजीदेखि २४ केजीसम्मको खसीको मूल्य प्रतिकेजी ५५० निर्धारण गरेको छ । त्यस्तै १८ केजीभन्दा माथिको ज्यूँदो बोकाको खरिद मूल्य प्रतिकेजी रु ५४५ निर्धारण गरिएको खसीबोका खरिद समिति जनाएको छ ।
गत वर्ष किसानबाट ज्यूँदो खसी २० देखि २५ केजीसम्मको रु ५५० र त्योभन्दा माथिकोलाई प्रतिकेजी रु ५३५ का दरले खरिद मूल्य निर्धारण गरिएको थियो । त्यसैगरी अघिल्लो वर्ष बोका १८ केजीभन्दा माथिको प्रतिकेजी रु ५५० का दरले कम्पनीले खरिद गरेको थियो ।
कम्पनीले गत वर्ष दशैँमा ८०१ वटा खसीबोका काठमाडौँ पठाएको थियो । यो वर्षको दशैँ तिहारका लागि एक हजार र ६०० वटा खसीबोका पठाउन लिखित रुपमा पत्राचार भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड मुख्य शाखा कार्यालयका प्रमुख नहकुल चौधरीले जानकारी दिए ।
दशैँ तिहारका लागि यहाँबाट एक हजार खसी बोका खरिद गरि काठमाडौँ पठाइने छ । पहिलो चरणमा ६०० दोस्रो चरणमा बाँकी खसीबोका खरिद गरेर पठाउने तयारी रहेको उनको भनाइ थियो । खसीबोका यही असोज २२ गते काठमाडौँ पुग्ने गरी पठाउने तयारी भएको छ ।
लिमिटेडले दशैँ, तिहार र छठपर्वका अवसरमा खसीबोका खरिद गरेर सहुलियत दरमा बिक्री वितरण गर्दै आएको छ । योबाहेक खसीबोकाको व्यापार गर्दै आएका व्यक्ति विशेषले पनि व्यक्तिगत सम्पर्कका आधारमा मागबमोजिम काठमाडौँका व्यवसायीका लागि खसीबोका पठाउँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विष्णु पौडेलको मुद्दामा अदालतले भन्यो– ‘वास्तविक लाभग्राहीलाई छाडेर सहजकर्तालाई मात्र मुद्दा चलाइयो’
-
मुटु रोगका बिरामीको सङ्ख्या बढ्दो, विशेषज्ञ चिकित्सकको चरम अभाव
-
साउन २८ गतेको तारेख लिएर विशेष अदालतबाट बाहिरिए विष्णु पौडेल, तस्बिरहरू
-
विष्णु पौडेललाई किन दिइयो साधारण तारेखमा छाड्ने आदेश ?
-
लुम्बिनीमा सत्ता दौड तीव्र, कांग्रेस–एमालेले खोजे नेकपाको साथ
-
विशेष अदालतले लक्ष्यको ८४ प्रतिशत मुद्दा फर्छ्यौट गर्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण