हरनाज सन्धुले जितिन् मिस युनिभर्स इन्डियाको ताज
शुक्रबार, १५ असोज २०७८, १५ : २६
‘मिस युनिभर्स इन्डिया २०२१’ को ताज हरनाज सन्धुले जितेकी छन् । ३० सेप्टेम्बरमा आयोजित ‘मिस दिवा मिस युनिभर्स इन्डिया २०२१’ मा उनले उक्त उपाधि पहिरन सफल भएकी छन् । सन्धुले अब इजरायलमा आयोजना हुने ७० औं ‘मिस युनिभर्स २०२१’ मा भारतको प्रतिनिधित्व गर्नेछिन् । प्रतियोगिता इजरायलको इलियटमा आयोजना हुनेछ । गत वर्ष मेक्सिकन मोडल एन्ड्रिया मेजाले ‘मिस युनिभर्स’को ताज जितेकी थिइन् ।
यो वर्ष उनले नयाँ विजेतालाई ताज लगाउनेछिन् । चण्डीगढकी सन्धु २०१७ टाइम्स फ्रेस फेस मिस चण्डीगढ समेत बनेकी थिइन् । प्रतियोगितामा सोनल कुकरेजा फष्ट रनर अप र डीविता राय सेकेन्ड रनरअप भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण