बुटवलमा शान्ति समाजले मनायो अहिंसा दिवस
शनिबार, १६ असोज २०७८, १२ : १०
मानव अधिकार तथा शान्ति समाजले बुटवलमा अहिंसा दिवस मनाएको छ । समाजको रुपन्देही शाखाको आयोजनामा बुटवलस्थित चौराहामा अहिंसा दिवस मनाइएको हो । महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा अहिंसा दिवस मनाउने गरिन्छ ।
समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिनै समाज, मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको बताउँदै हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यबद्धता र प्रयास हुनुपर्ने बताए । समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका रहने बताउँदै सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई पनि हिंसारहित समाज र राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
‘अहिंसा पवित्र एवम् गौरवमय मार्ग’ भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन गरिएको समाजका अध्यक्ष डिपी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी गतिविधि सक्रिय
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण