बुटवलमा शान्ति समाजले मनायो अहिंसा दिवस
शनिबार, १६ असोज २०७८, १२ : १०
मानव अधिकार तथा शान्ति समाजले बुटवलमा अहिंसा दिवस मनाएको छ । समाजको रुपन्देही शाखाको आयोजनामा बुटवलस्थित चौराहामा अहिंसा दिवस मनाइएको हो । महात्मा गान्धीको जन्मदिनको अवसरमा अक्टोबर २ तारिखमा अहिंसा दिवस मनाउने गरिन्छ ।
समाजका केन्द्रीय सभापति गोविन्द खनालले शान्तिनै समाज, मुलुक र विश्वको विकास र समृद्धिको आधार भएको बताउँदै हिंसालाई निर्मूल गरी दिगो शान्तिका लागि सबैको ऐक्यबद्धता र प्रयास हुनुपर्ने बताए । समाजका रुपन्देही अध्यक्ष डिपी खनालले शान्ति स्थापनाका लागि विशेषगरी युवाहरुको भूमिका रहने बताउँदै सम्पूर्ण राजनीतिक दल र सरोकारवालालाई पनि हिंसारहित समाज र राष्ट्र निर्माणमा लाग्न आग्रह गरे ।
‘अहिंसा पवित्र एवम् गौरवमय मार्ग’ भन्ने नाराका साथ शान्तिपूर्ण प्रदर्शन गरिएको समाजका अध्यक्ष डिपी खनालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वउपराष्ट्रपति पुत्र दीपेशमाथि सीआईबीको ‘निगरानी’
-
गुणस्तरका कारण एसिया र युरोप अमेरिकामा प्रसिद्ध वाईवाई
-
राष्ट्रिय महिला भलिबलमा एपिएफ र पुलिस उपाधिका लागि भिड्ने
-
ऋषिराजको ‘द्रौपदी’ ४४ दिनमा प्याकअप
-
राजनीतिको घुम्तीमा थिचिएका पाँच पात्र
-
अग्नि पीडितलाई राहत उपलब्ध गराउन गृहमन्त्रीसँग सीके राउतको आग्रह