सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

‘सरदार उधम सिंह’ को पोस्टर सार्वजनिक

शनिबार, १६ असोज २०७८, १७ : ४१
शनिबार, १६ असोज २०७८

अभिनेता विक्की कौशल लामो समयदेखि आफ्नो नयाँ फिल्म ‘सरदार उधम सिंह’ का कारण चर्चामा छन् । अब यस फिल्मको ट्रेलर रिलिज भएको छ । विक्की कौशलले आफैं सामाजिक सञ्जालमार्फत यस फिल्मको ट्रेलर सार्वजनिक गरेका हुन् । क्याप्सनमा विक्कीले लेखेका छन्,‘सरदर उधम सिंहको अफिसियल ट्रेलर । बिर्सिएका एक व्यक्तिको कथा । यो एक क्रान्तिकारीको कथा हो ।’

यो फिल्म १६ अक्टोबरमा ओटीटी प्लेटफर्म अमेजन प्राइम भिडियोमार्फत रिलिज हुनेछ ।  सुजित सरकारको निर्देशनमा बनेको यस फिल्ममा विक्कीले सददार उधम सिंहको भूमिका निर्वाह गर्नेछन् ।

त्यस्तै, बनिता सन्धु र अमोल पाराशर पनि मुख्य भूमिकामा छन् । सरदार उधम सिंह तीनै व्यक्ति हुन् जसले सन् १९१९ मा अमृत सरको जलियावाला बाग हत्याकाण्डको बदला लिदैं लण्डनमा जनरल डायरलाई गोली हानेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप