शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

१० जिल्लाका प्रमुख जिल्ला अधिकारी फेरिए, कास्कीमा आचार्य

आइतबार, १७ असोज २०७८, २२ : ३४
आइतबार, १७ असोज २०७८

गृह मन्त्रालयले १० जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा गरेको छ । शुक्रवार प्रजिअहरुको काज सरुवाको निर्णय गरिएको गृह मन्त्रालयका सूचना अधिकारी दिलकुमार तामाङले रातोपाटीलाई बताए ।

जिल्ला प्रशासन कार्यालय कास्कीमा सहसचिव जयनारायण आचार्यलाई सरुवा गरिएको छ । आचार्यले नेपाल–चीन सीमा विवादबारे अध्ययन समितिका संयोजक थिए । आचार्य नेतृत्वको समितिले नेपाल–चीन सीमा विवादबारे असोज १० प्रतिवेदन बुझाएको थियो ।

भोजपुरको सिडिओमा मन्त्रालयका सहसचिव कमलराज ढकाललाई पठाइएको छ । लमजुङमा सुशील वैद्य, डोटीमा शंकरबहादुर विष्ट, मुगुमा रोमबहादुर महत, मनाङमा रविन्द्र आचार्य, डडेलधुरामा मोहनराज जोशी र म्याग्दीमा चिरञ्जिवी रानालाई सरुवा गरिएको छ । नवराज जैसीलाई रसुवा र अनोज घिमिरेलाई तेह्रथुमको प्रजिअको जिम्मेवारी दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप