आलियाका दुई फिल्म एकसाथ रिलिज
आलिया भट्ट, जुनियर एन्टीआर, रामचरण र अजय देवगन अभिनित प्रतीक्षित फिल्म ‘आरआरआर’ को रिलिज मिति सार्वजनिक गरिएको छ । बाहुबली निर्देशक एसएस राजामौलीले बनाएको फिल्म ७ जनवरी २०२२ मा चलचित्र घरमा लाग्ने अभिनेत्री आलिया भट्टले सार्वजनिक गरेकी छन् ।
भट्टले सामाजिक सञ्जालमा फिल्मको एक पोष्टर सार्वजनिक गर्दै रिलिज मिति ७ जनवरी २०२२ उल्लेख गरेकी हुन् । यसअगाडि फिल्म २०२१ मै रिलिज हुने बताइएको थियो । तर अहिले भने २०२२ रिलिज मिति सार्वजनिक गरिएको छ । बलिउड र दक्षिण भारतीय फिल्म दुबैको एक्सन आरआरआरमा देख्न सकिनेछ । फिल्मको बजेट ४०० करोड बताइएको छ ।
आरआरआर अगाडि आलियाले फिल्म ‘गंगुबाई काठियावाडी’ को पनि रिलिज मिति सार्वजनिक गरेकी थिइन् । यसको पनि रिलिज मिति ७ जनवरी २०२२ बताइएको छ । रिलिज मिति सार्वजनिक भए अनुसार ७ जनवरीमा आलियाका दुई फिल्म एक अर्कासँग भिड्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण