समुद्रमा ड्रग्स पार्टी ? त्यो रात क्रुजमा भएको के थियो ?
अभिनेता शाहरुख खानका छोरा आर्यन खानसँग नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले सोधपुछ गरिरहेको छ । एनसीबीले शनिबार (२ अक्टुबर) को आधी रात मुम्बईको एक क्रुज जहाजमा छापा मारेको थियो । एनसीबी मुम्बईका निर्देशक समीर वानखेडेले यही मामिलामा आर्यनसँग जाँच गरिरहेको बताएका छन् ।
एनसीबीले यस मामिलामा आर्यनसहित ८ जनालाई हिरासतमा लिएको थियो । हिरासतमा लिइएका व्यक्तिरुहरुमा आर्यन खान, अरबाज मर्चेन्ट, मूनमून धमेचा, नुपुर सारिका, इस्मित सिंह, मोहक जसवाल, विक्रान्त चोकर र गोमित चोपडा रहेका छन् ।

एनसीबीले यो मामिला मुम्बईको एक क्रुजमा भइरहेको रेभ पार्टीसँग जोडिएको बताएको छ । वानखेडेले हिरासतमा लिइएकाहरुसँग सो पार्टीको बारेमा सोधपुछ गरिएको छ । एनसीबी प्रमुख एसएन प्रधानले मुम्बई क्रुज ड्रग्स मामिलामा निष्पक्ष जाँच गरिने प्रतिबद्धता जनाएका छन् । प्रधानले भने – यस मामिलामा हामी निष्पक्ष भएर काम गरिरहेका छौँ । यस मामिलामा बलिउड अभिनेता केही धनी मानिसहरू पनि जोडिएका छन् । त्यहाँ जो भए पनि हामी हाम्रो काम कानुनको दायरामा रहेर गर्ने छौँ ।
वास्तवमा के भएको थियो ?
मुम्बईको ड्रग कन्ट्रोल स्क्वाडले शनिबार आधा रातमा ठूलो अपरेशन सुरु गरेको थियो । महाराष्ट्र टाइम्सको रिपोर्टअनुसार समुद्रको बीचमा एक क्रुज जहाजमा कथितरुपमा ड्रग्स पार्टी चलिरहेको थियो । त्यहीँ एनसीबीले छापा मारेर मानिसहरुलाई पक्राउ गर्यो ।
प्रहरीलाई मुम्बईबाट गोवा गइरहेको एक जहाजमा ड्रग पार्टी चलिरहेको खबर प्राप्त भएको थियो । त्यही भएर एनसीबीका अधिकारीहरु यात्रु बनेर क्रुजमा पुगेका थिए । क्रुज समुद्रको बीचमा पुगेपछि पार्टी सुरु भएको थियो । पार्टीमा ड्रग्सको प्रयोग सुरु भएपछि मानिसहरुलाई पक्राउ गर्न सुरु गरेको थियो ।
प्रहरीले नियन्त्रणमा लिएको क्रुज जहाजको सेवा केही दिन अघि मात्र सुरु भएको थियो । केही मिडिया रिपोर्टका अनुसार क्रुज जहाजको टिकट ८० हजार भारतीय रुपैयाँ रहेको थियो । शनिबार रवाना भएको जहाज सोमबार मुम्बई फर्कने तालिका थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
