‘तपाईंकी बुहारी नानी देखेर डाहा लाग्छ,’ प्रतियोगीको कुरा सुनेर अमिताभ भए हैरान
कौन बनेगा करोडपति १३ मा एकपछि अर्का रमाइला प्रतियोगी देख्न पाइएको छ । यी सबैसँग अमिताभको ठट्टा पनि चलिरहन्छ । च्यानलले आउँदो एपिसोडको प्रोमो सेयर गरेको छ जहाँ एक प्रतियोगीले अमिताभ बच्चनको अगाडि उनकी बुहारी ऐश्वर्या राय देखेर डाहा लाग्ने गरेको बताइन् ।
प्रतियोगी दिव्या सहाय हटसीटमा बसेर अभिताभसँग भन्छिन्, ‘मलाई तपाईंकी बुहारी नानीसँग असाध्यै डाहा हुन्छ । अमिताभले सोध्छन्, ‘किन जलन हुन्छ तपाईंलाई ? ’ दिव्या थप्छिन्, ‘सय वर्षमा कोही महिला यती सुन्दर जन्मिन्छिन् ।’ दिव्याको कुरा सुनेर अमिताभले उनलाई धन्यवाद भन्छन् ।
ऐश्वर्या रायले हालै पेरिस फेसन विक २०२१ मा आफ्नो जादु बिछ्याइन् । कार्यक्रममा सहभागी भएको उनको तस्बिर सार्वजनिक भएको छ । सेतो पहिरनमा ऐश्वर्याले र्याम्प वक गरेकी थिइन् । ऐश्वर्याले लोरियल पेरिसको तर्फबाट र्याम्प वक गरेकी हुन् । ऐश्वर्या थुप्रै वर्षदेखि लोरियलकी ब्रान्ड एम्बेडसर पनि हुन् ।
ऐश्वर्या यो कार्यक्रममा अभिषेक बच्चन र छोरी आराध्या बच्चनसँग पुगेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण