लुम्बिनी प्रदेश सरकारले प्रतिस्थापन विधेयक ल्याउने
लुम्बिनी प्रदेश सरकारले बजेट प्रतिस्थापनका लागि विधेयक ल्याउने भएको छ । मुख्यमन्त्री कुलप्रसाद केसीको अध्यक्षतामा बुधबार बसेको मन्त्रिपरिषदको बैठकले प्रतिस्थापन विधेयक ल्याउन स्वीकृति प्रदान गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार आजै बस्ने प्रदेशसभा बैठकमा बजेट प्रतिस्थापन विधेयक पेस गर्ने कार्यसूची छ । एमाले नेतृत्वको अघिल्लो सरकारले अध्यादेशमार्फत ल्याएको बजेटलाई विस्थापित गरी नयाँ बजेट ल्याउने सन्दर्भमा मन्त्रिपरिषदले सहमति प्रदान गरिसकेको उनले बताए ।
उनका अनुसार अघिल्लो सरकारले ल्याएको बजेट सम्बन्धी अध्यादेश खारेजीका लागि प्रदेश प्रमुखसमक्ष सिफारिस गर्ने र बजेट सम्बन्धी विधेयकहरु प्रदेश सभामा पेस गर्ने गरी मन्त्रिपरिषदले स्वीकृति प्रदान गरेको हो ।
यद्यपि प्रमुख प्रतिपक्ष नेकपा एमालेले प्रदेश सभामा नियमित अवरोध गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शक्ति बस्नेतको प्रश्न : सरकारमा सहभागी हुन यति धेरै हतारो किन गर्नु परेको होला ?
-
प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धतामा कमी, गत आर्थिक वर्षमा ५८ अर्ब मात्रै
-
अल्पमतमा परेपछि चुपचाप छन् कर्णालीका मुख्यमन्त्री
-
स्पेनका प्रधानमन्त्री सान्चेज विश्वकप फुटबल फाइनल खेल हेर्न न्यूयोर्क जाने
-
जनकपुरका अतिक्रमित पोखरी र डिल सात दिनभित्र खाली गर्न निर्देशन
-
‘इजरायली ‘दण्डहीनता’ भावी प्यालेस्टिनी राज्यको लागि खतरा’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण