मध्य भोटेकोशी जलविद्युतको आइपिओ खुल्यो, कति दिने आवेदन ?
मध्य भोटेकोशी जलविद्युत कम्पनीको प्राथमिक सेयर (आईपीओ) बुधबारबाट सर्वसाधारणका लागि खुल्ला भएको छ । कम्पनीले आज असोज २० गते अर्थात् बुधबारदेखि असोज २५ गते सोमबारसम्मका लागि संस्थाका कर्मचारी, सामूहिक लगानी कोष र सर्वसाधारणका लागि गरी कुल ९० लाख कित्ता सेयर विक्री खुल्ला गरेको हो ।
कुल ९० लाख कित्तामध्ये ३ लाख ६० हजार अर्थात कुल निष्काशनको ४ प्रतिशत सेयर कम्पनीका कर्मचारीहरुलाई छुट्याइएको छ भने ४ लाख ५० हजार कित्ता अर्थात ५ प्रतिशत शेयर सामूहिक लगानी कोषको लागि छुट्याएर बाँकी रहेको ८१ लाख ९० हजार कित्ता सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको छ ।
एक सय रुपैयाँ अंकित दरका कम्पनीको सेयरका लागि लगानीकर्ताहरूले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । इच्छुक लगानीकर्ताहरूले छिटोमा असोज २५ गतेदेखि ढिलोमा कार्तिक ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यद्यपि, माग गरेभन्दा बढी आवेदन पर्ने देखिएकाले गोलाप्रथाबाट हुने सेयर बाँडफाँडमा ८ लाख १९ हजार आवेदकले प्रतिव्यक्ति १० कित्ताको दरले मात्र सेयर पाउने देखिन्छ । कम्पनीले यसअघि सिन्धुपाल्चोकका स्थानीय, सञ्चय कोषका सञ्चयकर्ता, कम्पनीको संस्थापक कम्पनीका कर्मचारी र ऋणदाता कम्पनीका कर्मचारीको लागि शेयर निष्काशन गरि बाँडफाँड समेत गरिसकेको छ । उनीहरुले सर्वसाधारणलाई निष्काशन हुने शेयरमा आवेदन दिन पाउने छैनन् ।
कम्पनीले सिन्धुपाल्चोक जिल्लाको बाह्रबिसे नगरपालिका ५ र मार्मिङ भोटेकोशी गाउँपालिका ५ स्थित मध्य भोटेकोशी खोलामा १०२ मेगावाटको जलविद्युत उत्पादन गर्दैछ । आयोजना २०७० माघ २८ बाट शुरु भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महेन्द्र राजमार्गको चन्द्रौटा–कोहलपुर खण्ड चार लेनमा स्तरोन्नति गरिँदै
-
भाषा, साहित्य र संस्कृति हाम्रो मौलिक पहिचान हुन् : राष्ट्रपति पौडेल
-
महाराजगन्ज–धोबीखोला सडक खण्डमा ज्याकारान्डा रोपण
-
इजरायल–लेबनानबिचको युद्धविराम हिजबुल्लाहद्वारा अस्वीकार
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण