सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

आर्यन १४ दिनसम्म जेलमा बस्नु पर्छ वा पर्दैन ? आज यसको निर्णय हुने

शुक्रबार, २२ असोज २०७८, १० : २५
शुक्रबार, २२ असोज २०७८

अभिनेता शाहरुख खानका छोरा आर्यन खानले जमानत पाउलान् वा उनी १४ दिनसम्म जेलमा बस्नुपर्छ, यसबारे आज निर्णय हुनसक्ने भारतीय सञ्चार माध्यमले बताएका छन् । क्रुज शीपमा ड्रग्स पार्टी गरेको आरोपमा फसेका आर्यन र केही अन्य आरोपीको जमानत याचिकामा दिउँसो १२ बजे सुनुवाई हुँदैछ । आर्यन खानका वकिल सतिश मानशिन्देले अदालतमा दुईवटा जमानत याचिका दर्ता गरेका छन् ।

दुईमध्ये एक अन्तरिम जमानतको याचिका हो ताकि आर्यनले तत्काल जमान पाउन सकून् र दोस्रो रेगुलर बेलको अर्थात् जबसम्म यो मुद्दाको अनुसन्धान हुन्छ, तबसम्म उनी जमानतमा रहनेछन् । उता नारकोटिक्स कन्ट्रोल ब्यूरोले रेगुलर बेलको विरोध गरिसकेको छ । यसअघि अदालतले ४ घण्टा चलेको सुनुवाईपछि बिहिबार आर्यनसमेत सबै ८ आरोपीलाई न्यायिक हिरासतमा पठाउन आदेश सुनाएको थियो ।

यद्यपि, जेलमा बेलुकी ६ बजेपछि प्रवेश नपाइने भएकोले उनीहरुले एनसीबीको हिरासतमा रात बिताउनुपर्यो । अदालतमा उनका वकिल सतिश मानसिन्देले जेल पठाउनु अघि आरोपीको कोभिड परीक्षण गनुपर्ने तर अहिलेसम्म आर्यनको कोरोना परीक्षण भइनसकेको उनले बताए । आज अदालतबाट जमानतको याचिका दर्ता गरेपछि आर्यनको पहिलो कोभिड परीक्षण हुने र त्यसपछि उनलाई  तलोजा जेलमा पठाइने अनुमान गरिएको छ ।

एनसीबीले ११ अक्टोबरसम्म हिरासतमा राख्नुपर्ने माग राखेको थियोः

आर्यन खान र उनीसँगै पक्राउ परेका ७ जनाको एनसीबीको कस्टडी बिहिबार समाप्त भएको थियो । एनसीबीले उनीहरुको कस्टडी ११ अक्टोबरसम्म बढाउने माग गरेको थियो तर अदालतले यो अपिल स्वीकार गरेन र आर्यनसमेत सबै आठ आरोपीलाई न्यायिक हिरासतमा पठाइदियो ।

आर्यनका वकिलले अदालतले के भने ?

सतिश मानशिन्देले अदालतसामू पछिल्लो दुई रातदेखि आर्यनसँग सोधपुछ नभएपनि एनसीबी आर्यनको कस्टडी मागिरहेको बताए । मानशिन्दलेले भने, ‘एनसीबीले बारम्बार आफूहरु मुख्य आरोपीसम्म पुग्न चाहेको बताउने गर्छन् तर त्यतिबेलासम्म आर्यनलाई बन्धक बनाएर राख्न सकिँदैन । ’

आर्यन केसअघि अचित कुमारको मुद्दामा सुनुवाई भयो । उनलाई ९ अक्टोबरसम्म एनसीबीको हिरासतमा पठाइयो । आर्यनको बयानको आधारमा नै अचितलाई पक्राउ गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप