गुल्मीमा राजनीतिक दललाई भिडभाड गर्न छुट, जनताको दसैँ संस्कृतिमा लगाम
गुल्मीमा विभिन्न राजनीतिक दलका कार्यक्रममा सयौँको संख्यामा जमघट हुँदै आएको छ । तर दसैंका लागि विभिन्न सांस्कृतिक–परम्परामा भने जिल्ला प्रशासन कार्यालयले लगाम लगाएको छ ।
कोरोना संक्रमणको दोश्रो लहर कै बिचमा नेकपा एमालेका दुई खेमाले सदरमुकाम तम्घासमा सयौं कार्यकर्ता उतारेर शक्ति प्रदर्शन गरेका थिए । लगत्तै नेकपा माओवादी केन्द्रले सदस्यता वितरण र वडा भेलामा सयौं कार्यकर्ता उतारेको थियो । पछिल्लो समय नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा अधिवेशन र हालै पालिकास्तरको अधिवेशन सम्पन्न भएको छ ।
राजनीतिक दलका तर्फबाट आयोजित भिडभाडजन्य कार्यक्रमलाई निर्वाध सञ्चालन हुन दिएको स्थानीय प्रशासनले सर्वसाधारणलाई भने दसैँ मनाउन पनि सीमित छुट दिएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई निरन्तरता दिँदै कोत–मन्दिरहरुमा परम्परादेखि चल्दै आएको सराय नाच लगायतको धार्मिक–संस्कृतिक परम्परामाथि लगाम लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौड्यालद्वारा जारी सूचनामा निषेधाज्ञालाई निरन्तरता दिँदै दसैँको सराय नाच समेतलाई रोक लगाउँदै उक्त सूचना पालना नगरेमा कानुन अनुसार कारबाही गरिने चेतावनी दिइएको छ ।
बैठकमा सहभागी विभिन्न सरोकारवालाहरूले सराय नाच लगायतका दसैँ संस्कृतिमा रोक लगाउन नहुने आवाज उठाए पनि राजनीतिक दलका प्रमुख प्रतिनिधिहरू भने मौन बसेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याज पीडित र सरकारबिच ९ बुँदे सहमति, आन्दोलन स्थगित
-
अन्तरिक्षमा भारतको नयाँ फड्को
-
भारतमा पहिलो हाइड्रोजन रेल सञ्चालनमा, माेदीले गरे उद्घाटन
-
रासायनिक मल सरकारको दीर्घकालीन प्राथमिकता होइन : मन्त्री चौधरी
-
उच्च अदालत पाटनको कार्यसम्पादन : लक्ष्यभन्दा बढी मुद्दा फर्छ्योट, २ वर्ष नाघेका मुद्दा शून्य
-
अमेरिकामा पाकिस्तानको नयाँ कूटनीतिक पहल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण