जेल पुगे शाहरुख खानका छोरा आर्यन खान, सार्वजनिक भए तस्बिर
शुक्रबार, २२ असोज २०७८, १६ : ३७
बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीले आर्थर रोड जेल लिएर गएका छन् । ७ अक्टोबर उनले एनसीबीको कार्यालयमा नै बिताए । यसका साथै अन्य ८ आरोपी पनि एनसीबीको कार्यालयमा उपस्थित रहे । आर्यन खानलाई जेल लिएर जाँदै गरेका केही तस्बिर भारतीय सञ्चार माध्यम आजतकले सार्वजनिक गरेको छ ।
आर्यन खानको जमानतको केसको सुनुवाई चलिरहेको छ । आर्यन खान र अन्य ८ आरोपी पनि न्यायिक हिरासतमा छन् । त्यसैले उनीहरुलाई एनसीबीद्वारा जेल लगिएको हो । आजको दिन उनका लागि निकै महत्वपूर्ण राख्छ । आर्यन खानले आज जमानत पाउलान् वा जेल जालान् यसबारे चाँडै नै निर्णय हुनेछ ।
आर्यन खान र अन्य ८ आरोपीको जमानतको याचिकामाथि हाल सुनुवाई चलिरहेको छ तर यसअघि नै एनसीबी एक्सनमा आएको छ र उनले आर्यन खानसमेत सबै ८ आरोपीलाई जेल लिएर जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण