सागरले दमौलीमा उडाए धुलो: दर्शक सम्हाल्न हम्मे-हम्मे
तनहुँ - दोस्रो आदिवासी जनजाति तनहुँ साँस्कृतिक महोत्सवको दशौ दिन शुक्रबार तनहुँको दमौलीमा नेपाल आइडलको शीर्ष चारमा पुग्न सफल भर्सटाइल गायक सागर आलेले धुलो उडाए ।
नेपाल आइडलमा चौथो स्थान ल्याएका सागर आलेले स्टेजमा नेपाललाई सबैले माया गर्नु पर्छ भन्दै रातो र चन्द्र सुर्य जंगी निसान हाम्रो भन्ने गीत गाएर गायन क्रमलाई अघि बढाए ।
परेलिमा लुकाइराख न, निर जैले रिसाउने, हङगामा भो कसम हङगामा भो, सालैजो, पिउदिन भन्दा भन्दै पिलायो साथीले, रातोरानी फुले झै साझँमा, मस्की मस्की जाने मुसुमुसु हासेर जानेले मलाई पागल बनाइछे लगायतका एक दर्जन बढी गीत गाए ।
नेपालीको जनजिब्रोको भाका लोक दोहोरी, सालैजो समेत गाउन सक्ने भएकाले पनि उनी अहिले देश तथा विदेशमा रोजाईको कलाकार समेत बनेका छन् । जब आलेको स्टेजमा उपस्थित भयो तब दर्शकलाई सम्हाल्न सुरक्षाका लागि खटिएका नेपाल प्रहरी देखि कार्यक्रमका स्यमसेवकलाई हम्मे-हम्मे भएको थियो ।

महोत्सवमा दशौ दिन १ लाख बढी दर्शक रहेको महोत्सवका प्रवक्ता सिद्धान्त थापा मगरले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
श्रम संस्कृति पार्टीका सांसदहरूले नाराबाजीसहित बेल घेराउ गरे, सभामुख पेलेरै अघि बढे (तस्बिरहरू)
-
इजरायली सेनाद्वारा वेस्ट ब्याङ्कका विभिन्न क्षेत्रबाट १३ जना प्यालेस्टिनीलाई पक्राउ
-
सांसद हमालद्वारा राष्ट्रियताको विषयमा एकताबद्ध हुन आग्रह
-
केही अमेरिकी भन्छन्– एपस्टिन प्रकरणमा ट्रम्प प्रशासनले न्याय दियो
-
१५ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन
-
‘नेपाल कतै पाकिस्तानी मोडेलतर्फ त जाँदै छैन ?’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण